Comments Add Comment

पलसँग काम गर्न लालयित थिएँ’–दया, ‘दया दाईबाट धेरै कुरा सिक्नेछु’: पल

नायक दयाहाङ राइको अभिनयको हजारौ दर्शक फ्यान छन् । नेपाली चलचित्रका धेरै कलाकार दयाहाङको जस्तो वेजोड अभिनय गर्न चाहन्छन् । अहिलेका यूवापुस्ताका नायकहरुका लागि दयाहाङबाट सिक्ने धेरै कुरा छन् । उनै, दयाहाङ राइले भने नायक पल शाहसँग काम गर्न आफू लालयित भएको बताएका छन् ।

दया र पलले पहिलो पटक चलचित्र ‘२ नम्बरी’मा स्क्रिन शेयर गर्दैछन् । यो चलचित्रमा उनीहरु साथीको भूमिकामा देखिन लागेका हुन् । दयाले भने–‘पलसँग मेरो पहिलो अनुभव हुनेछ । अहिलेको बलियो, जोशिलो र क्रियटिभ नायकसँग काम गर्न म पनि लालयित थिएँ । अहिले आएर संयोग मिलेको छ ।’ दयाले अगाडि भने–‘पलसँग काम गर्न अहिलेका धेरै कलाकारमा काम गर्ने लोभ हुन्छ । उहाँ पनि यूवा हुनुहुन्छ, म पनि यूवा नै छु ।’

यो पनि पढ्नुहोस वर्षाको गुनासो–‘फिल्म नखेल्दा मिडियाले प्रेसर दियो’

यस्तै, नायक पल शाहले आफूले दयाहाङ राइबाट धेरै कुरा सिक्ने बताए । उनले भने–‘दया दाइसँग काम गर्नु पाउँदा आफूलाई लक्की ठानेको छु । दयाहाङ दाइबाट सिक्नुपर्ने धेरै कुरा छन्, जुन यसपटक एकसाथ काम गर्दा म सिक्नेछु ।’

पलले नायिका वर्षा राउतसँग चलचित्र ‘नाई नभन्नु ल ४’पछि एकसाथ पर्दा शेयर गर्न पाएकोमा खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment