+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वर्षाको गुनासो–‘फिल्म नखेल्दा मिडियाले प्रेसर दियो’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते ११:५६

नायिका वर्षा राउतले करिब ८ महिनापछि नयाँ चलचित्र साइन गरिन् । चलचित्र ‘जात्रै जात्रा’ जेठमा रिलिज भएको थियो । यसपछि, भने उनले कुनै पनि चलचित्र साइन गरेकी थिइनन् । उनै, वर्षाले करिब ८ महिनापछि चलचित्र ‘२ नम्बरी’मा काम गर्दै छिन् ।

नायिका वर्षा राउतले राम्रो चलचित्रको अफर कुरेर बस्दा मिडियाले प्रेसर दिने गरेको गुनासो गरेकी छिन् । वर्षाले भनिन्–‘राम्रो चलचित्रको अफर कुरेर केही समय काम नगर्दा मिडियाको समाचारको प्रेसर पर्छ । मिडियाले किन चलचित्र साइन नगर्नुभएको, अफर आएन हो भन्ने जस्ता प्रश्न गर्दा दबाब पर्ने रहेछ ।’

नायिका राउतले चलचित्र क्षेत्रमा महिला केन्द्रित चलचित्र नचलेका कारण पनि निर्माताले लगानी नगरेको हुनसक्ने बताइन् । तपाई जस्ता नायिकाहरु किन महिला केन्द्रित चलचित्रमा काम गर्नु हुँदैन भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्–‘दर्शकहरुलाई महिला केन्द्रित चलचित्र हेर्न मन नलागेर हुनसक्छ, यसैले पनि निर्माताले लगानी गर्न मान्नुहुँदैन । २ बर्षसम्म यस्तै खालका चलचित्र कुरेर बस्दा चलचित्र नपाएको भन्दै मिडियामा खबर आउँदा महिला कलाकारलाई दबाब पर्छ ।’

नायिका राउतले यो चलचित्र हेरेर बाहिर निस्कदा दर्शक आफ्नो भूमिका हेरेर खुशी हुने दाबी समेत गरिन् । आउँदो बर्षको जनैपूर्णिमामा यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?