+
+
Shares

कमलले गाए ‘गाईलाई चराउँदै’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १४:२१

अहिले गाईको बथान खुला चरनमा छाड्ने चाल-चलन हरायो । न फराकिलो खर्क छ, न वथानका वथान गाईबस्तु नै । कुनैबेला यस्तो थियो, जतिबेला गोठालाहरु सुरिलो भाका हाल्दै खुला खर्कमा गाईवस्तु चराउँथे । सालको पात बजाउथे । गीत बनपाखामा गुञ्जन्थ्यो । अब यो एकादेशको कुरा भयो ।

ऊबेलाका भाका र परिवेशलाई टपक्कै टिपेर कमल भुसाल ‘चञ्चल’ले गीत गाएका छन् । गीतको संगीत र शब्द उनकै हो । स्वरमा कमललाई साथ दिएकी छिन् कृष्णा परियारले । कमलका अनुसार उक्त गीतको भाका पितापूर्खाका पालमा प्रचलनमा थियो । गीतको बोल छ, ‘गाईलाई चराउँदै ।’

कमलले उक्त गीतको म्युजिक भिडियो पनि तयार गरेका छन् । म्युजिक भिडियोको निर्देशन शिभान पोखरेलले गरेका हुन् । भिडियोमा कमल भुसाल, शाया भण्डारी, चित्रमाया श्रेष्ठ, सरु विष्ट, रुपा भुसाल, विक्रम सेन, भेषराज खनाल आदिले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?