३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा.राम लामाले सूर्यविनायक–धुलिखेल सडकखण्डमा बन्दैगरेका पुलको निर्माण प्रगति निकै सुस्त रहेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त सडकखण्डका पुलहरुको निर्माण कार्य चार वर्षमा करिब १२ प्रतिशत मात्रै सकिएको बताएका हुन् ।
यस्तै, सांसद लामाले ‘सूर्यविनायक–धुलिखेल सडक कहिले बनिसक्छ ?’ भन्दै प्रश्न गरे ।
जागती खोला, महादेव खोलालगायतका खोलामा पुल निर्माणाधीन रहेको भन्दै उनले त्यसको प्रगति हुननसकेको पनि उनले बताए ।
महादेव खोलामा पुल निर्माण सुरु भएको जानकारी दिँदै उनले अन्य दुई वटा खोलामा पुल निर्माण सुरु नै नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4