+
+
Shares

सिंह दया र करुणाको प्रतीक होइन, घमण्डको हो : हरि ढकाल

रास्वपा सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्ने आफ्नो धारणाबारे सार्वजनिक रूपमा आलोचना भएपछि प्रतिक्रिया दिँदै आफ्नो तर्कमा अडिग रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १९:४३

२४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्ने आफ्नो धारणाबारे सार्वजनिक रूपमा आलोचना भएपछि प्रतिक्रिया दिँदै आफ्नो तर्कमा अडिग रहेको बताएका छन् ।

आइतबार साँझ फेसबुकमा अभिव्यक्ति सार्वजनिक गर्दै सांसद ढकालले सिंह दया र करुणाको प्रतीक नभई घमण्डको प्रतीक रहेकाले आफ्नो तर्कमा आफू अडिग रहेको बताएका हुन् ।

‘मृग (हरिण)ले सिंहलाई गरेको अगाध प्रेमको दुर्लभ दृश्य आज सामाजिक सञ्जालमा देखेँ । त्यो दरबार बनाउँदा श्रमिकमाथि गरिएको शोषणको इतिहास आज पढेको होइन, अलि पहिल्यै नै पढेको थिएँ,’ सांसद ढकालले लेखेका छन्, ‘त्यो दरबारको स्वभाव–भाव, भंङ्गी नामजस्तै देखिने हुनुहुन्न भन्ने सन्दर्भ थियो, सत्यको लिगेसीको सन्दर्भ थियो ।’

यसपटकको परिवर्तनमा मात्र नभई पहिलेकै परिवर्तनमा कति धेरै ठाउँका नाम परिवर्तन भएको उनले बताएका छन् । ‘त्यसको पनि परिवर्तन गरेर अरू नै नाम राखिदिएको भए हुनेथियो भनेको थिएँ,’ उनले भनेका छन् । आफूले बोलेको पूरा भिडियो धेरैले नहेरेको आफूलाई थाहा रहेको बताउँदै ‘कार्यक्रममा सहभागी हुने चाहिँ दंग’ रहेको दाबी गरे ।

‘म मेरो तर्कमा अडिग छु—सिंह दया र करुणाको प्रतीक होइन,’ उनले अगाडि लेखेका छन्, ‘सिंह हिंस्रककै प्रतीक हो, घमण्डकै प्रतीक हो, शासककै प्रतीक हो !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?