+
+
Shares

रास्वपा सांसदको प्रश्न– शिक्षामा गरिएको लगानी अनुसार परिणाम किन आउँदैन ?

माध्यमिक र निम्न माध्यमिकतर्फ गरी शिक्षक अनुमति पत्रको लाइसेन्स १ लाख ५१ हजार ८४ जना योग्य जनशक्ति उत्तीर्ण भई तयार रहेको तर शिक्षण लाइसेन्स प्राप्त युवा सडकमा बेरोजगार रहेको उनले सुनाए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १६:१७

२२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले शिक्षामा गरिएको लगानी अनुसार परिणाम आउन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभामा विशेष समयमा बोल्ने क्रममा सांसद कर्णले देशभर करिब ७० लाख विद्यार्थीलाई राज्यले अर्बौं बजेट खर्च गरे पनि त्यस अनुसार परिणाम नआएको बताए ।

‘सामुदायिक विद्यालयमा भर्ना संख्या निरन्तर घट्दो छ । शिक्षा मन्त्रालयको रिपोर्ट २०८२ अनुसार ४० प्रतिशत भन्दा बढी सामुदायिक विद्यालयमा पूर्णकालीन प्रधानाध्यापक छैनन्,’ सांसद कर्णले भने, ‘सामुदायिक विद्यालयमा शिक्षकहरू  राहत, निजी स्रोत, करार र अन्य अस्थायी प्रकृतिका छन् । दशकौंदेखि शिक्षा सेवा आयोगमार्फत स्थायी नियुक्ति नगरी, योग्यलाई पाखा लगाउने, राजनीतिक भागबन्डामा, अनेक सेटिङमा राहत र करार शिक्षक नियुक्ति गर्ने प्रवृत्तिले सामुदायिक विद्यालयलाई तहसनहस बनाएको छ ।’

माध्यमिक र निम्न माध्यमिकतर्फ गरी शिक्षक अनुमति पत्रको लाइसेन्स १ लाख ५१ हजार ८४ जना योग्य जनशक्ति उत्तीर्ण भई तयार रहेको तर शिक्षण लाइसेन्स प्राप्त युवा सडकमा बेरोजगार रहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?