Comments Add Comment

देउवा भन्छन् : सैन्य गठबन्धन मान्दैनौं भने भइहाल्यो नि !

१४ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छिटो पास गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिँदै देउवाले आफू प्रधानमन्त्री भएको बेलामा एमसीसी क्याबिनेटले पास गरेको स्मरण गरे ।

यति ठूलो सहयोग अमेरिकी सरकारको कहिल्यै नआएको भन्दै उनले भने, ‘मिल्ट्री एलाइन्स हो रे के हो रे ? हामी मिल्ट्री एलाइन्स (सैन्य गठबन्धन) मान्दैनौं भने भइहाल्यो नि । कसले भनेको छ र मिल्ट्री एलाइन्समा बस भनेर ।’

अमेरिकाले सैन्य गठबन्धन होइन भनिसकेको र चीनले आपत्ति छैन भनेको उनले बताए । नेपालको विजुली भारतलाई बेच्ने हो भने अमेरिकाको सहयोगले मद्धत गर्न भन्दै उनले एमसीसी छिटो पास गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment