Comments Add Comment

कालापत्थरमा फेसन शो, बन्यो विश्व कीर्तिमान

१४ माघ, काठमाडौं । जलवायु परिवर्तनको प्रभाव र संसारभर नेपालको प्राकृतिक सुन्दरता प्रदर्शन गर्ने उद्देश्यले सगरमाथा क्षेत्रमा फेसन शो गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले सहयोगमा आरबी डायमन र कासा फेसनले कालापत्थरमा फेसन शो आयोजना गरेको हो ।

आइतबार कालापथ्थरको ५६४४ मिटर उचाईमा गरिएको फेसन शोले विश्व कीर्तिमान कायम गरेको छ । गिनिज बुक अफ लि वल्र्ड रेकर्डले यसलाई सबैभन्दा अग्लो अल्टिच्युड फेसन शोको मान्यता दिइको छ ।

नेपाल पर्यटन बोर्डकाअनुसार ‘द माउन्ट एभरेष्ट फेसन रनवे’ नाम दिइएको फेसन शोमा नेपाल, फिनल्याण्ड, इटाली, श्रीलंका र सिंगापुरबाट मोडलहरु सहभागी थिए । यसको ‘मोडल्स जर्नी टू कालापथ्थर’ नामक टेलिभिजन शो समेत निर्माण गरी विश्वभर प्रदर्शन गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment