Comments Add Comment

भारतले हस्तकलासहितका ५० वस्तुको भन्सार महशुल बढाउने

१४ माघ, काठमाडौं । भारतले आफ्नो मुलुकमा भित्रिने ५०भन्दा धेरै वस्तुमा भन्सार महशुल बढाउने तयारी गरेको छ । आर्थिक वर्ष २०२०/०२१ नयाँ बजेटमार्फत भन्सार महसुल हेरफेर गर्न थालिएको समाचार भारतीय सञ्चार माध्यामले प्राथमिकताकासाथ प्रकाशन गरेका छन् ।

विद्युतीय सामाग्री, रसायनिक पदार्थ तथा हस्ताकलाजन्य वस्तुको भन्सार महशुल बढाउन अर्थमन्त्री निर्मला सितारमणले अन्तीम तयारी सकेको भारतीय उद्योग मन्त्रालयलाई उदृत गर्दै सञ्चार माध्यमले लेखेका छन् ।

गिर्दो अवस्थामा रहेको भारतीय अर्थतन्त्र जोगाउन तथा स्वदेशी उत्पादनको रक्षार्थ यस्तो घोषणा हुन थालेको द इकोनोमिक्स् टाइम्सले लेखेको छ । गत वर्ष चीन तथा छिमेकका अन्य मुलुकबाट ५६ बिलियन डलर बराबरको त्यस्ता वस्तु भारत भित्रिएका थिए ।

स्मार्ट माबाईल फोन, औद्योगिक रसायनीक, बिद्युतीय बत्ती, फर्नीचरका सामान, मैनबत्ती, गरगहना र हस्तकलाका सामानमा भारतले भन्सार महशसुल बढाउने समाचारमा जनाइएको छ ।

यस्तै खुल्ला व्यपार नीति अन्र्तगत भारतमा भित्रिने गुणस्तरहीन सस्तो वस्तुको आयतमा पनि रोक लगाउने नीति बजेटले अख्तीयार गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment