+
+
Shares

हङकङबाट चीन जाने रेल यातायातका साधन बन्द हुँदै   

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १९:५९
हङकङकी नेतृ क्यारी लाम ।

१४ माघ, काठमाडौं । हङकङले चीनका मुख्य शहरसम्मको यातायात सेवा कटौती गर्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिने आशंकामा हङकङले यस्तो निर्णय गर्न लागेको हो ।

कोरोना भाइरसका कारण चीनमा एक सय भन्दा धेरैको मृत्यु भइसकेको छ भने ४ हजार ५ सय भन्दा बढीमा संक्रमण फैलिएको छ ।

हङकङबाट चीनतर्फ जाने तीब्र गतिका रेल र फेरिहरु बिहीबारदेखि बन्द हुने हङकङकी नेतृ क्यारी लामले जनाएकी छन् । सञ्चार माध्यमसामु उनी आफैं माक्स लगाएर उपस्थित भएकी थिइन‍् ।

चीनबाट फैलिएको कोरोना भाइरस अहिले १६ देशमा फैलिइसकेको छ । गत सोमबार जर्मनी र जापानले चीन नपुगेका व्यक्तिहरुमा पनि कोरोजा भाइरसको संक्रमण भएको पुष्टि गरेका छन् ।

यो भाइरसको संक्रमण चीनको वुहान प्रान्तमा सुरुमा देखिएको थियो । वुहानमा आफ्ना नागरिक रहेका धेरै देशले त्यहाँबाट हवाई उद्दारको तयारी गरेका छन् । जापानले मंगलबार वुहानमा आफ्नो जहाज यसैका लागि पठाएको छ ।

चीनको वुहान र हुबेई राज्यमा यातायातका साधन पूर्ण रुपमा बन्द गरिएका छन् । यीसहित चीनका धेरै राज्यमा सर्वसाधारणलाई माक्स प्रयोग अनिवार्य गरिएको छ ।

सोमबार चीनको राजधानी बेइजिङमा ५० वर्षीय एक व्यक्तिको कोरोना भाइरसबाटै मृत्यु भएको पुष्टि भएको छ । बेइजिङमा कोरोना संक्रमणको यो पहिलो घटना हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?