Comments Add Comment

स्मार्टफोनले कमजोर हुँदैछ बच्चाको दृष्टि क्षमता

हाम्रा बालबच्चा उठ्नसाथ स्मार्टफोन खेलाउन थाल्छन् । खाना खाइरहेको बेला होस् वा शौचालयमा, उनीहरुलाई स्मार्टफोन चाहिन्छ । अर्थात केही क्षण फुर्सद हुनसाथ बालबच्चाहरु स्मार्टफोनमा लिप्त हुन्छन् ।

यस किसिमको आशक्तिले उनीहरुको मस्तिष्क विकासमा असर गरिरहेकै हुन्छ । प्रत्यक्ष रुपमा चाहि उनीहरुको दृष्टि-क्षमतामा असर पुग्छ । चिकित्सकहरु भन्छन्, एक पटक बालबालिकामा दृष्टिदोषको समस्या भएमा त्यसलाई सामान्य अवस्थामा फर्काउन निकै जटिल हुन्छ ।

बच्चाको दिमागी विकास आँखाको विकाससँगै हुन्छ । आँखाले जे देख्छ त्यसैको आधारमा बच्चाहरुको आँखा विकास हुन्छ ।

जब बालबालिकाको सम्पूर्ण गतिविधि कोठामै सिमित हुन्छ, आँखालाई पनि नजिक हेर्ने बानी पर्छ । उनीहरुको आँखालाई टाढाको वस्तु हेर्न ‘बल’ पर्न थाल्छ । विस्तारै विस्तारै उनीहरुमा  दृष्टीदोषको समस्या बढ्दै जान्छ । दृष्टीदोषकै कारण उनीहरुको आँखा अल्छी आँखामा परिणत हुन्छ ।

एक पटक बालबालिकामा दृष्टीदोषको समस्या उत्पन्न भएमा आँखालाई सामान्य अवस्थामा फर्काउन कठिन हुन्छ । त्यसैले त चिकित्सकहरु प्रत्येक छ-छ महिनामा आˆना बच्चालाई आँखा जाँच गराउनैपर्ने सुझाव दिन्छन् ।

दृष्टिदोष सामान्यत आँखाको समस्या हो । आँखाले कुनैपनि बस्तुलाई राम्ररी ठिम्याउन नसक्नु नै दृष्टिदोष हो ।

रिफ्राक्टिभ इरोर अर्थात दृष्टिदोष जो कोहीलाई हुनसक्छ । पछिल्लो समय बालबालिकामा धेरै देखिन थालेको छ । नेपालमा यसको विरामी कति छन् ? ठ्याक्कै भन्न सकिदैन ।

नेपालमा मात्र नभई  विश्वमै विकराल बन्दै गएको यो समस्या ‘किन हुन्छ’, यसको पनि खासै जवाफ छैन ।

किताबहरुलाई आधार मान्ने हो भने दृष्टीदोष वंशाणुगत रोग हो । बाबुआमालाई दृष्टीदोष भएमा उनीहरुबाट जन्मने बालबालिकालाई पनि दृष्टीदोष हुन सक्छ ।

बालबालिकामा दृष्टीदोष हुनुमा ‘नियरर वर्क’ अर्थात नजिकै बसेर काम गर्ने वातावरणले पनि महत्वपूर्ण भूमिका खेल्ने उनको ठम्याई छ ।

चिकित्सकका अनुसार दृष्टीदोेष दुई प्रकारका छन् ।

टाढाको दोष

नजिकको दृष्टीदोष

बालबालिकालाई टाढाको दृष्टीदोष छ र यसले प्लस पावरवाल चश्मा प्रयोग गर्छ भने त्यसलाई क्रमश सुधार गर्दै लग्न सकिन्छ । किनकी, आँखाको हेराईसँगै दिमागको विकास हुने र दिमागको विकासँगै आखाको विकास हुने भएकोले बालबालिकामा टाढाको दृष्टी दोष भएमा त्यस्तो सम्भवत सुधार पनि हुन्छ ।

तर यदी कुनै बच्चामा नजिकको दृष्टीदोष र ‘माइनस’ पावरवाला चश्मा लगाउँछ भने उसको पावर स्वतः बढी हँुदै जान्छ ।  त्यस्तै, कुनै बच्चाको सुरुबाटै पावरवाल चश्मा छ भने त्यो पनि निको हुन ज्यादै कठिन हुन्छ ।

अब के गर्ने ?

कुनै पनि रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै ठीक हो भनेझै चिकित्सकहरु बालबालिकालाई त्यस्ता समस्या आउन नदिन बालबालिकालाई आउट डोर गेममा प्रोत्साहित गर्न सुझाव दिने गर्छन् ।

डा. गुरुङ्गका अनुसार त्यसरी घरबाहिर खेल्दा बालबलिकालाई घामको किरण प्राप्त हुन्छ । साथै, आँखाले परपरको कुरा देख्ने हुुदाँ उनीहरुमा दृष्टीदोषको खतरा कम हुन्छ भन्ने छ ।

त्यसैगरी, बालबालिकाको समय समयमा चेकजाच तथा उपचार गरेर पनि दृष्टीदोष कम गर्न सकिने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment