Comments Add Comment

अवैध १२ लाख भारुसहित भारतीय पक्राउ

१५ माघ, काठमाडौं । वीरगञ्जबाट प्रतिबन्धित भारतीय रुपैयाँ १२ लाखसहित बुधबार एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा बस्ने ३२ वर्षीय सुभाष चन्द रहेका छन् ।

विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट चन्दलाई प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरको ६ सय थान नोटसहित नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.६ च.७४४० नम्बरको कार रिजर्व गरेर आइरहेको समयमा प्रहरीले चेकजाँच गर्दा उक्त रकमसहित उनी पक्राउ परेका हुन् ।

चन्दलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment