+
+
Shares

नायिका बन्ने सपना २८ बर्षपछि पुरा भएको छः कुञ्जना

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १६ गते १०:००

कलाकार कुञ्जना घिमिरेले आफ्नो नायिका बन्ने सपना २८ बर्षपछि बल्ल पुरा भएको बताइन् । चलचित्र ‘सेन्टी भाइरस’मा उनी मुख्य कलाकारको रुपमा देखिएकी छिन् । फागुणको ९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

उनले भनिन्–‘तपाइहरुले मलाई ट्रेलरमा नायिका जस्तो देख्नुहुन्न, सिरियलमा पनि देख्न पाउनु भएको थिएन । बरु, बाहिर मलाई राम्री देख्नुहुन्छ । तर, म भन्दा धेरै राम्री नायिकाहरु यो क्षेत्रमा हुनुहुन्छ ।’

कुञ्जनाले आफूले आफ्नी छोरीको उमेरदेखि नै नायिका बन्छु भनेर सोचेको बताइन् । उनले भनिन्–‘हिजोआज सुन्तली कत्ती नक्कली बनेको भनेर मलाई भन्नुहुन्छ । अब, म राम्री चलचित्रको पर्दामा बन्न त पाउँदिन । अब, बाहिर पनि नबनुँ त ?’

कुञ्जनाले आफूलाई चलचित्रमा क्यारेक्टरमा काम गर्न मन लाग्ने पनि सुनाइन् । उनले भनिन्–‘मेरो सपना २८ बर्षदेखि नायिकाको रुपमा काम गर्ने थियो । ५ बर्षदेखि त मेरो अभिनय यात्रा नै रोकिएको थियो । यो चलचित्रमा आएर बल्ल मेरो २८ बर्षदेखिको सपना पुरा भएको छ । यसैले, यसमा म निकै खुशी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?