
१५ माघ, काठमाडौं । आफ्नै साथीको हत्या आरोपमा प्रहरीले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ देबढोकाबाट एक जनालाई बुधबार पक्राउ गरेको छ ।
साथीको हत्या गरी फरार रहेका आरोपी पर्साको वीरगंज महानगरपालिका-१६ मुरली पोखरीका ३५ वर्षीय मो. फिरोज मिया राइनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
२०७२ माघ २९ गते ललितपुरको ललितपुर उपमहानगरपालिका-३ धोबिघाटस्थित निर्माणाधिन घर कुर्न बसेका ३० वर्षीय सुरेश कुमार साह कानुको हत्या आरोपमा राइन पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी विवाद हुँदा राइनले ईट्टा तथा फलामको रडले प्रहार गरी कानुको हत्या गरी फरार भएको थिए । राईनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4