Comments Add Comment

हनुमानढोकामा आज वसन्त श्रवण

फाइल तस्वीर ।

१६ माघ, काठमाडौं । श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीको अवसरमा आज हनुमानढोका दरबारमा वसन्त श्रवण कार्यक्रम राखिएको छ । हनुमानढोका दरबारको नासल चोकमा पुगेर राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ ।

बिहीबार बिहान ९ बजेर ५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्ने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका मिठाराम पुडासैनीले जानकारी दिए । वसन्त श्रवणको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको थियो ।

विगतमा राष्ट्राध्यक्षको हैसियतमा राजाहरुले वसन्त श्रवण गर्ने चलन रहे पनि गणतन्त्र स्थापनापछि राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने थालिएको हो । वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति भण्डारीका साथै उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) समेत सहभागी हुने कार्यक्रम छ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ भन्ने गरिन्छ । यसै यामदेखि नयाँ पालुवा पलाएर वन–बगैंचा ढकमक्क हुने भएकाले प्राकृतिक रुपमै रमाइलो वातावरणको अनुभव हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment