Comments Add Comment

ओमबहालमा बन्यो ‘शहीद धर्मभक्त माथेमा पार्क’

१६ माघ, काठमाडौँ । जहाँनिया राणा शासनको विरुद्ध नेपाली जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गरेका धर्मभक्त माथेमाको सम्झनामा ‘शहीद धर्मभक्त माथेमा पार्क’ निर्माण भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–२३ स्थित ओमबहालमा निर्माण भएको सो पार्कको शहीद सप्ताहको अन्तिम दिन अर्थात बिहीबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरे ।

माथेमाको पुख्र्यौली घर रहेको ओमबहालमा उनको सम्झनामा पूर्ण कदको शालिकसहित करीब ६५ लाखको लगानीमा पार्क निर्माण गरिएको मेयर शाक्यले जानकारी दिए । उनले शालिकबाटै शहीदहरुलाई चिन्न सकियो भनेर चारै शहीद (धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठ)को शालिक निर्माण गरेको बताए ।

मेयर शाक्यले शहीद धर्मभक्तकै सम्झनामा बुढानिलकण्ठ नगरपालिकाको बुढानिलकण्ठमा शहीद धर्मभक्त मानव सेवा आश्रम भवन’ निर्माण गर्ने तयारीमा महानगरपालिका रहेको जानकारी समेत दिए ।

उनले त्यसको डिपीआर समेत तयार हुँदै गरेको बताए । त्यसैगरी शहीद गंगालालको सम्झनामा गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लाण्ट राख्न महानगरपालिकाले सम्झौता गरेको पनि बताए ।

उनले वृद्धवृद्धाका लागि मनोरञ्जन पार्क बनाउने, हरियाली प्रर्वद्धन गर्ने जस्ता कुरामा पनि महानगर लागेको बताए । माथेमालाई तत्कालिन शासकले झुण्ड््याएर मृत्युदण्ड दिएको सिफलको उकालो बकाइनाको रुख भएकै स्थानमा पूर्णकदको शालिक निर्माण भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment