+
+
Shares

पूजालाई प्रश्न–‘धेरै फिल्म गर्दा पछि काम नै नपाइएला भन्ने डर छैन ?’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १७ गते १३:०५

पूजा शर्मा पछिल्लो समयकी व्यस्त नायिका हुन् । उनले, एकपछि अर्को चलचित्र साइन गरिरहेकी छिन् । यो बर्ष मात्र उनले ५ वटा चलचित्रको छायांकन सक्ने पक्का देखिएको छ । बिहिबार शुभसाइत भएको चलचित्र ‘मन परेसी’सँगै उनले ५ वटा चलचित्रको छायांकन यो बर्ष सक्ने छिन् । यो बर्ष उनले ‘सम्हालिन्छ कहिले मन, पोई पर्यो काले, म यस्तो गीत गाउँछु २ र संझना विर्सना’को छायांकन सकिन् ।

यी मध्ये यो बर्ष दर्शकमाझ ‘पोई पर्यो काले’ रिलिज भैसकेको छ भने ‘म यस्तो गीत गाउँछु २’ फागुणको २५ गतेबाट रिलिज हुँदैछ । नायिका शर्माका अन्य तीन चलचित्र आउँदो बर्ष रिलिज हुने पक्का छ ।

पूजाले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रै व्यापार गरेपछि उनको क्रेज चुलिएको हो । निर्माता पनि उनलाई लिएर चलचित्रमा काम गर्न लालयित छन् । तर, यसरी एकपछि अर्को चलचित्रमा साइन गर्दा पछि काम नै नपाइने डर हुन्छ । के पूजाले यो बिषयमा सोचेकी छिन् त ?

पूजा भन्छिन्–‘मैले काम एकपछि अर्को चलचित्रमा गरेपनि रिलिज भने एकसाथ हुने होइन । फेरि, चलचित्रको कथा मन परेपछि कुनै पनि कलाकारले छाड्न सक्दैन । मैले पनि यही नै गरेको हुँ ।’

उनले अगाडि भनिन्–‘धेरैले मलाई चलचित्र पोई पर्यो काले’ किन साइन गरेको भन्नुहुन्थ्यो । तर, मलाई कथा मन परेपछि मैले छाड्न सकिनँ र काम गरेँ ।’ पूजाले महंगो पारिश्रमिक लिएर काम गरिरहेकी छिन् । यसैले, कतिपयले पूजाले पैसाको लागि काम गरिरहेको आरोप समेत लगाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?