
निर्माता तथा कलाकार प्रेम सोनीले चलचित्र ‘प्रेम संसार’को सिरिज बनाउने बताएका छन् । काठमाण्डौमा आयोजना भएको चलचित्र ‘प्रेम संसार’को कार्यक्रममा यसको सिरिज बनाउने जानकारी दिइएको हो ।
प्रेम सोनी आफैले निर्माण तथा अभिनय गरेको चलचित्रको टिमले काठमाण्डौका केही हलमा ५१ दिनसम्म प्रदर्शन भएको भन्दै हल संचालक, वितरक, चलचित्रका कलाकार तथा पत्रकारलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।
उनले चलचित्र ‘प्रेम संसार २’मा ‘प्रेम संसार’का केही कलाकार मात्र हुने बताए । सोनीले आफूलाई चलचित्रको प्रचारमा साथ नदिएको भन्दै कलाकारसँग आक्रोश समेत पोखे ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले मायाको चिनो वितरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4