Comments Add Comment

विमल र सिम्पलको ‘तिमी छौ र त’

गायक सुरज तामाङ गायिका जमुना वनञ्जितको आवाजमा समावेश ‘तिमी छौ र त’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा धु्रव केसीको शब्द तथा सुरजकै संगीत छ ।

भिडियोमा विमल पुरी र सिम्पल खरेलको अभिनय छ । मोडल विमलले आफू अभिनयमा अगाडि बढ्न संघर्ष गरिरहेको र यो भिडियोले करिअरमा इट्टा थप्ने विश्वास व्यक्त गरे । पवन सुस्लिङको छायांकन रहेको भिडियोमा पवनकै सम्पादन छ । भिडियोलाई सिम्पल खरेलले निर्देशन गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment