+

ए डिभिजन लिगमा संजोकको हृयाट्रिक

२०७६ माघ  १८ गते १४:४४ २०७६ माघ १८ गते १४:४४
ए डिभिजन लिगमा संजोकको हृयाट्रिक

काठमाडौं । संजोग राई शहीद स्मारक ए डिभिजन लिग २०७६ मा हृयाट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

संजोगको हृयाटि्रक मद्दतमा थ्रीस्टारले शनिबार सरस्वती युथ क्लबलाई ४-० ले पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा सरस्वतीले पहिलो हाफमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा चार गोल गर्‍यो ।

४८ औं मिनेटमा भारतीय खेलाडी लालराम्भराले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि संयोज छाए । ५७औं मिनेटमा व्यक्तिगत गोलको खाता खोलेका उनले ६६औं र ७१औं मिनेटमा गोल गर्दै हृयाटि्रक पूरा गरे ।

जितपछि थ्रीस्टारले १० खेलबाट १७ अंक जोडेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय