Comments Add Comment

अनमोल, शुभेच्छा र स्वेताले गरे ‘मिस्सिओ’को उद्घाटन

नायक अनमोल केसी, नायिका तथा मोडल शुभेच्छा खड्का र नायिका स्वेता खड्काले काठमाण्डौको सिभिल मलमा संचालनमा आएको ‘‘मिस्सिओ’’ ब्रान्डको शाखाको उद्घाटन गरेका छन् । ‘‘मिस्सिओ’ अन्तरराष्ट्रिय ब्रान्ड हो, जहाँ लाइफस्टाइल ब्रान्डहरु पाइन्छन् । काठमाण्डौको सुन्धारास्थित सिभिल मलमा यो ब्रान्डको नयाँ शाखा संचालनमा ल्याइएको हो ।

नायक अनमोल केसी र मोडल तथा नायिका शुभेच्छा खड्का यो ब्रान्डको ‘ब्रान्ड एम्बासडर’ हुन् । नायक केसीले महंगो रकममा यो ब्रान्डको प्रमोशन गरेको वुझिएको छ । उपत्यकाका विभिन्न ८ स्थानमा यो ब्रान्डको शाखा संचालनमा आएको छ ।

नायक अनमोल केसीले शनिबार दिनभर फ्यानहरुसँग भेटघाट समेत गरेका थिए । ‘मिस्सियो’ले आयोजना गरेको फ्यानसँगको भेटघाटमा अनमोल विभिन्न ३ स्थानमा पुगेका थिए । ललितपुरको जावलाखेल, नयाँ बानेश्वर र सिभिल मलमा पुगेका अनमोललाई सयौ फ्यानले घेरेका थिए । उनले, फ्यानसँग कुराकानी गरे, सेल्फी खिचे ।

अनमोलले लामो समयपछि फ्यानहरुसँग भेट्न पाउँदा खुशी लागेको जानकारी दिए । नयाँ चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा जानु अगाडि अनमोलले फ्यानसँग भेटघाट गरेका हुन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment