Comments Add Comment

कटवाल हत्या आरोपमा दुई जना पक्राउ

१९ माघ, विराटनगर । सुनसरी प्रहरीले झापाका एक युवकको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । झापा विर्तामोडका २० वर्षिय अभिषेक कटवालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विजय कार्की र अर्जुन कार्कीलाई पक्राउ गरेको हो । उनीहरु मध्ये एकलाई विराटनगर र एकलाई बेलबारी नगरपालिकाको बाहुनी क्षेत्रबाट पक्राउ गरेको हो ।

मंगलबार बिहान केशलिया खोला किनारमा विभत्स अवस्थामा कटवालको शव भेटिएको थियो । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहबी नगरपालिका– १२ सीमाना भएर बग्ने केशलिया खोलाको सुनसरी तर्फ बालुवा र परालले छोपेको अवस्थामा शव भेटेको प्रहरीले अनुसन्धानका क्रमम दुईजनालाई पक्राउ गरेको हो ।

मामाघर बस्दै आएका युवक माघ ९ गते मे १० प ८६७५ नम्बरको स्कुटरमा घुम्न निस्किएका थिए । विराटनगर आएका उनी विजय र अर्जुनसँग जोगवनी बजार पुगेका थिए । घटना सोही दिन भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस बालुवासँगै परालले छोपेको अवस्थामा युवकको शव भेटियो, हत्या भएको आशंका

घरबाट निस्किएको चार दिनसम्म अभिषेक घर नफर्किएपछि उनका आफन्तले गत सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा खोजी दिन निवेदन दायर गरेका थिए ।

प्रहरीले पक्राउ परेका दुईजना लागूऔषध प्रयोगकर्ता रहेको बताएको छ । मृतक पनि लागूऔषध प्रयोगकर्ता भएको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई आइतबार दिउँसो म्याद थप गरी अनुसन्धान अघि बढाउने सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

पक्राउ परेका विजयले मृतकको जुत्ता र स्कुटर लगेका थिए भने अर्जुनले ज्याकेट लिएर गएका थिए । शनिबार विजयलाई लागूऔषध सेवन गरेकै अवस्थामा प्रहरीले बाहुनीबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment