+
+
Shares

‘बुलबुल’ले फ्रान्समा जित्यो ‘पब्लिक च्वाइस अवार्ड’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २० गते ११:२६

नायिका स्वस्तिमा खड्काको आजसम्मको करिअरमा सर्वाधिक धेरै प्रशंसा बटुल्न सफल चलचित्र ‘बुलबुल’ले विदेशमा आयोजना भएका विभिन्न महोत्सवमा पनि अवार्ड प्राप्त गरिरहेको छ ।

यसैविच, यो चलचित्रले फ्रान्समा ५ दिनसम्म चलेको ‘साउथ एसियन फिल्म फेस्टिभल’मा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ । आइतबार बेलुकी घोषणा भएको अवार्ड समारोहमा विनोद पौडेल निर्देशित चलचित्रले दर्शकको रोजाइको चलचित्रको अवार्ड प्राप्त गरेको हो ।

निर्देशक पौडेल नायिका स्वस्तिमा खड्काको साथमा यो अवार्डमा सहभागी हुन फ्रान्स पुगेका छन् । तीन विधामा बाँडिएको अवार्डमा २ विधामा भने भारतीय चलचित्रकर्मीले अवार्ड प्राप्त गरेका छन् ।
निर्देशक पौडेलका अनुसार, दर्शकले नायिका स्वस्तिमा खड्काको अभिनयलाई खुबै रुचाएका िथए ।

‘बुलबुल’ले यसअघि नेपालमै दुई राष्ट्रिय अवार्ड र सार्क फिल्म फेस्टिभलमा एउटा अवार्ड पाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?