 
																			२० माघ, कैलाली । गत मंगलबार धनगढीमा मृत फेला परेकी २३ वर्षीय देविका श्रेष्ठका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा मृतक श्रेष्ठका माइती पक्षले उनका श्रीमान वीरेन्द्र अग्रवालविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेका हुन् । बिक्की भनेर चिनिने बिक्रम भारतीय नागरिक हुन् ।
‘श्रेष्ठलाई मानसिक यातना दिएर मर्न बाध्य पारेको भन्दै मृतकका माइती पक्षले उनका श्रीमान् विरुद्ध जाहेरी दिएका छन्’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले भने, ‘श्रीमानविरुद्ध पनि हामी छानबिन गरिरहेका छौं ।’
प्रहरीले बुधवार देखिनै उनका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । ‘उनीमाथि पहिले देखिनै अनुसन्धान गरिरहेका थियौं’ उनले भने, ‘अहिले माइती पक्षले पनि आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गराए ।’
१५ महिना पहिले भागी विवाह गरेर दाङको घोराहीबाट धनगढी पुगेकी श्रेष्ठ धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4