 
																			२० माघ, काठमाडौं । बलात्कार आरोपमा आत्मसमर्पण गरेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, सुनसरीले सोमबार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख यज्ञविनोद पोखरेलले अनलाइनखबरसँग भने, ‘जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ५ दिन समय प्राप्त भएको छ ।’
राणाले घटनामा सत्यता नभएको बताउँदै आएका छन् । पीडित महिलाले भने इटहरीको एक होटलमा आफूमाथि बलात्कार भएको भन्दै शुक्रबार प्रहरीमा किटानी जोहरी दिएकी थिइन् ।
उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण भइसकेको छ भने विस्तृत अनुसन्धान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4