+
+

प्रदेश २ मा ‘सुरक्षित बेटी’ अभियान सञ्चालन

छोरीलाई कमजोर होइन, मजबुत बनाऔं  : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २० गते १९:४४

२० माघ, जनकपुरधाम । छोरीलाई लक्षित गरी विभिन्न योजना सञ्चालन गरेको प्रदेश २ सरकारले छोरीलाई नै लक्षित गरी अर्को अभियान प्रारम्भ गरेको छ ।

यसअघि छोरी पढाउ, छोरी बचाउ, छोरी शिक्षा बिमा, छोरीलाई छात्रबृत्ति दिने जस्ता अभियान सुरु गरेको प्रदेश सरकारले ‘सुरक्षित बेटी’ अभियान सञ्चालनमा ल्याएको छ । ‘महिला हिंसाविरुद्ध शून्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता’ मूल नाराका साथ यो अभियान सञ्चालन गरिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले ल्याएको यो अभियानको सोमबार मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे । अभियान अन्तर्गत छोरीहरुलाई सुरक्षित रहन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने, महिला हिंसाविरुद्धको ऐन कानूनबारे जानकारी गराउँदै परिवारमा छोरीलाई मजबुत बनाउने वातावरण तयार गर्न आह्वान गरिनेछ ।

यो अभियान अन्तर्गत सचेतनामूलक सन्देश उत्पादन तथा प्रसारण, मी टु अभियान, विद्यालय पाठ्क्रममा लैंगिक हिंसाका विषयहरू समावेश गर्ने र लैगिक हिंसा निवारण कोषको व्यवस्था गरिनेछ ।

यस्तै, प्रदेशको प्रत्येक विद्यालयमा आत्मरक्षाका निम्ति छोरीहरुलाई प्रशिक्षण समेत दिइनेछ ।

अभियान अन्तर्गत महिला हिंसाविरुद्ध हुने सबै प्रकारको हिंसा, शोषण, विभेद र दुर्व्यवहारविरुद्ध शून्य सहनशिलताको नीति अवलम्बन गर्दै व्यक्तिगत विकास, सशक्तिकरणतर्फ ध्यान दिइनेछ ।

यसबाहेक आवश्यक कानूनको निर्माण गर्दै छोरीलाई सुरक्षित महसुस गराइनेछ । छोरीमाथि बकदृष्टि लगाउने व्यक्तिलाई कड कारबाही गराउन पनि कानूनको निर्माण गरिने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बताए ।

प्रदेशस्तरमा एक जना संयोजक र जिल्लाहरुमा सामाजिक परिचालक खटाएर यो अभियान संचालन गर्ने लक्ष्य प्रदेश सरकारको छ ।

छोरीलाई कमजोर होइन, मजबुत बनाऔं : मुख्यमन्त्री

अभियानको सोमबार जनकपुरधाममा उद्घाटन गर्दै प्रदेश का मुख्यमन्त्री राउतले पारिवारिक वातावरणकै कारण छोरीहरु कमजोर रहेको बताए । उनले अब परिवारबाटै छोरीलाई मजबुत बनाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

समाजिक बनौट र पारिवारिक वातारणले नै छोरीलाई कमजोर बनाएको बताउँदै उनले मजबुत बनाउने वातावरण घरबाटै निर्माण गर्नु जरुरी रहेको बताए ।

छोरी जन्मेदेखि नै परिवार र समाजले गर्ने व्यवहारमा परिवर्तन ल्याउनुपर्ने आवश्यक्ता उनले औंल्याएँ । ‘छोरी पुरुष झैं मजबुत बन्नु अहिलेको आवश्यक्ता छ’ उनले भने, “छोरी पुरुष जस्तै जेपनि गर्न सक्छन् भन्ने मानसिकता हामी सबैले राख्नु जरुरी छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?