Comments Add Comment

२० किलो चरेशसहित ५ जना पक्राउ

२० माघ, काठमाडौं । धादिङबाट प्रहरीले २० किलोग्राम  लागूऔषध चरेशसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-९ घर भई धादिङको वेनिघाट रोराङ गाउँपालिका-२ काफलफेदी बस्ने २८ वर्षीय सुकलाल गोम्वो, सोही ठाउँका १९ वर्षीय भिम वहादुर गोम्वो, २२ वर्षीय पासाङ तामाङ, ५० वर्षीय कान्छामान स्याङतान र म्याग्दीको मालिका गाउँपालिका-२ दरवाङ बस्ने ३० वर्षीय तिलक विक रहेका छन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका ४ स्थित मलेखु ताल्तीस्थित कच्ची सडकबाट उनीहरुलाई आइतबार पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले लागूऔषध २० किलो चरेश, चरेश बनउन प्रयोग हुने १ लिटर केमिकल, ४ थान मोबाइलसहित २ लाख ४० हजार नगद समेत बरामद भएको धादिङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

जिल्ला अदालत धादिङबाट म्याद थप गरी उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment