Comments Add Comment

यी हुनसक्छ क्यान्सरको सुरुवाती लक्षण

क्यान्सर घातक रोग । तर, सुरुवाती चरणमा थाहा भयो भने क्यान्सरको उपचार संभव छ । शरीरमा हुने कतिपय परिवर्तनले क्यान्सरको संकेत गर्छ । हुन त ति सबै संकेत क्यान्सर नै हो भन्ने होइन । यद्यपी, कहिले कहि त्यस्ता परिवर्तनले क्यान्सर लागेको जनाउ दिन्छ । क्यान्सरको लक्षण पत्ता लगाएर सुरुवाती चरणमै त्यसको उपचार गरियो भने क्यान्सरमुक्त भइन्छ । त्यसैले शरीरमा आउने ति परिवर्तनलाई नजरअन्दाज गर्नु हुन्न ।

१. अचानक तौल घट्नु

यदि कुनै प्रयास बिना वा अन्य कारण नभए पनि अचानक तौल घट्न थाल्यो भने त्यसमा ध्यान दिनैपर्छ । किनभने क्यान्सरको सुरुवाती लक्षण यस्तै देखिन्छ ।

२. निरन्तर दुखाई

हरेक किसिमको दुखाई क्यान्सरको निसानी होइन । तर, लगातार दुखिरहन्छ भने त्यो क्यान्सर पनि हुनसक्छ । जस्तो कि, टाउको दुखिरहनुको अर्थ यो होइन कि तपाईलाई ब्रेन क्यान्सर भयो । तर, चिकित्सकसँग भेट्नु आवश्यक हुन्छ ।

३. निको नहुने घाउ

अक्सर घाउ एउटा चरणमा पुगेपछि निको हुन्छ । तर, कुनैपनि घाउ तीन हप्तासम्म पनि उस्तै रह्यो, त्यसमा कुनै उपचार लागेन भने चिकित्सकलाई भेट्नैपर्छ ।

४. पाचनमा समस्या

पाचनमा समस्या अनेक कारणले हुन्छ । तर, निरन्तर पाचन प्रक्रियामा गडबडी हुन्छ भने त्यसलाई बेवास्ता गर्नु हुन्न ।

५. पिसाबमा रगत

पिसाबको रंग र बेगले कति रोगको पहिचान हुन्छ । यदि पिसाबमा रगत बग्छ भने त्यसले ब्लडर वा मृगौलको क्यान्सरको संकेत गर्छ ।

६. तिल जस्तो निसान

तिल जस्तो देखिने हरेक निसान तिल नै हुन्छ भन्ने छैन । त्यस्तो कुनैपनि निसान छ भने चिकित्सकलाई देखाइहाल्नुपर्छ । यो स्किन क्यान्सरको सुरुवात पनि हुनसक्छ ।

७. मासिक श्राव नरोकिनु

यदि मासिक चक्रपछि पनि रक्त श्राव रोकिदैन भने त्यसमा ध्यान दिनैपर्छ । यसले पाटेघरको क्यान्सरको संकेत गर्छ ।

८. शरीरमा गाँठो आउनु

शरीरको कुनै भागमा गाँठो आउनु पनि क्यान्सरको लक्षण हुनसक्छ । यद्यपी सबै किसिमको गाँठो क्यान्सर नै हो भन्ने हुँदैन ।

९. निल्नमा समस्या

खानेकुराहरु सजिलै निल्न सकिदैन भने गलाको क्यान्सर भएको संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment