Comments Add Comment

‘हिमालय रोडिज’को टाक्स गर्दा दुई पटकसम्म लडे अनुप

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित रियालिटी शो ‘हिमायल रोडिज’मा जर्नी राउण्ड सुरु भैसकेको छ । सोमबार जर्नी राउण्डको दोस्रो एपिसोड प्रशारण भएको छ । जर्नी राउण्डको दोस्रो एपिसोड नगरकोटमा सुटिङ गरिएको थियो । जहाँ ‘इम्युनिटी टाक्स’ गरिएको थियो ।

यो टाक्समा प्रत्येक दुई–दुई टिमले एक–अर्कासँग प्रतिष्पर्धा गर्नुपर्ने थियो । जहाँ पहिलो चरणको खेलमा आशिष राना ‘लाहुरे’को टिम ‘ग्रिन’ समन श्रेष्ठको टिम ‘ब्लु’ एक आपसमा भिडेका थिए । दोस्रो चरणमा अनुपविक्रम शाहीको टिम ‘रेड’र दीया मास्केको टिम ‘एल्लो’विच भिडन्त भएको थियो ।

पहिलो चरणको खेलमा टिम ग्रिनले राम्रो प्रदर्शन गर्दै इम्युनिटी जितेको थियो भने दोस्रो चरणको प्रतिष्पर्धाबाट एल्लो टिमले इम्युनिटी जित्यो ।

तर, दोस्रो खेलमा ग्याङ्ग लिडर अनुपविक्रम घाइते बने । टाक्स गर्ने क्रममा उनी घाइते भएका हुन् । टाक्समा उनी पनि सहभागी भएका थिए । पार्नी ओसार्ने क्रममा अनुप बासमा हिडे । बासमा हिड्ने क्रममा उनी दुई पटकसम्म लडेका थिए ।

दुई पटक लडे पनि अनुपले प्रयास गरिरहे । तर, नतिजाको समयमा उनी उपस्थित हुन सकेनन् । उनलाई उपचारको लागि हस्पिटलसम्म पुर्याइएको थियो । यो शोका निर्देशक अमनप्रताप अधिकारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment