+
+
Shares

पशुपति माविलाई सैनामैना राष्ट्रपति शिल्डको उपाधि 

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २१ गते २०:००

२१ माघ, बुटवल । सैनामैना राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि पशुपति माध्यमिक विद्यालयले हात पारेकोे छ ।

रुपन्देहीको सैनामैना नगरपालिकामा जारी दोस्रो संस्करणको खेल सप्ताहमा पशुपति माध्यमिक विद्यालयले ९ स्वर्ण पदक प्राप्त गरी प्रथम भएको छ । यस्तै सालझण्डी मावि ४ स्वर्णसहित द्वितीय भएको छ भने ३ स्वर्ण पदक जित्दै सुनगाभा पब्लिक मावि तृतीय हुन सफल भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित बिहीबार देखि प्रतियोगिता सुरु भएको थियो।

खेल सप्ताहको समापनमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले सैनामैनालाई हरेक क्षेत्रमा देशकै उत्कृष्ट नगरपालिका स्थापना गर्ने अभियानमा योजनाबद्ध रुपमा लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?