+
+
Shares

नेपालले टस जितेर ओमानविरुद्ध फिल्डिङ रोज्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २२ गते ९:१६
कप्तान ज्ञानेन्द्र मल्ल । फाइल फोटो

२२ माघ, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले ओमानविरुद्ध टस जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको नेपालले फिल्डिङ रोजेको छ ।

ओडीआई मान्यता पाएपछि घरेलु मैदानमा नेपालको यो पहिलो ओडीआई खेल हो। लिग २ अन्तर्गत पहिलो सिरिज खेल्न लागेको नेपालले ओमानसँगै अमेरिकासँग पनि खेल्नेछ ।

त्रिकोणात्मक सिरिज माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

पछिल्लो पटक नेपाल र ओमान २०१८ मा डिभिजन २ मा खेलेका थिए, जहाँ नेपाल ६ विकेटले पराजित भएको थियो । दुई वर्षपछि ओमानसँग भिड्दा नेपाललाई घरेलु मैदानमा दर्शकका अगाडि जित हात पार्दै बदला लिने अवसर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?