Comments Add Comment

चीनबाट निर्यात हुने सामानहरु छुँदा पनि फैलन सक्छ कोरोना भाइरस ?

चीनबाट शुरु भएको कोरोना भाइरसको प्रकोप अहिले संसारको विभिन्न देशहरुमा पनि देखिन थालेको छ । यो भाइरसका कारण मर्नेहरुका संख्या ३०० भन्दा माथि पुगिसकेको छ ।

त्यस्तै अहिलेसम्म यो भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या १४ हजार भन्दिा बढी भैइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले तिव्र रुपमा फैलँदै गएको यो भाइरसको विश्वव्यापी संकटकाल घोषित गरिसकेको छ ।

यो भाइरसको संक्रमणले पहिलो पटक चीनमा नै मानिसहरुको मृत्यु भएको थियो । तर आइतबार आएको एउटा सूचनाका अनुसार फिलिपीन्समा पनि एक जना व्यक्तिको मृत्यु यही भाइसरको संक्रमण कारण भएको छ ।

यसबाहेक संसारभरीका मानिसहरुको मनमा यो भाइरसंग सम्बन्धित विभिन्न प्रश्नहरु उब्जिरहेका छन् ।

त्यस्ता केही प्रश्न तथा उत्तरहरुहरु यस प्रकार छन् ।

पहिलो प्रश्न – के चीनमा उत्पादित सामानहरु छुनाले पनि कोरोना भाइरस फैलन सक्छ ?

इन्टरनेटमा धेरै मानिसहरुले यो प्रश्न सोधिरहेका छन् । के चीनको वुहान अथवा अन्य ठाउँहरु, जुन कुनै भाइरसको चपेटामा छ, त्यस्ता ठाउँहरुबाट निर्यात हुने सामानहरुलाई छुनाले यो भाइरस फैलन सक्छ ?

यो प्रश्नको जवाफमा बीबीसी भन्छ-अहिलेसम्म त्यस्तो कुनै प्रमाण फेला परेको छैन । जसको आधारमा वुहान अथवा अन्य संक्रमित स्थानहरुबाट निर्यात भएका सामानहरुलाई छुँदा यो भाइरस फैलन सक्छ भन्ने सकिन्छ । तर यो भन्दा अगाडि पनि सन् २००३ मा चीनले सार्स नामक भाइरसको सामना गरेको थियो जसका कारण संसार भरीका ७०० भन्दा बढि मानिसहरुले ज्यान गुमाएका थिए । सार्सको कुरा गर्नु पर्दा यदि संक्रमित व्यक्तिले खोक्दा अथवा हाक्छ्यँू गर्ने क्रममा भाइरस पुगेको छ भने त्यस्ता ठाउँ अथवा सामानहरु छुँदा त्यो भाइरसको संक्रमण हुन सक्थ्यो ।

तर कोरोना भाइरसको केशमा भने अहिलेसम्म यो कुरा प्रमाणित भएको छैन । तर यदि यो भाइरस सामानहरुको माध्ययमबाट फैलन सक्षम भए भने पनि त्यसबेलामा अर्को एउटा प्रश्न खडा हुनेछ, के अन्तर्राष्ट्रिय शपिङमा एउटा ठुलो समस्या खडा हुन्छ ?

रुघाखोकिबाटका कारण उत्पन्न हुने भाइरस शरीर बाहिर २४ घण्टासम्म बाँच्छन् भने कोरोना भाइरस मानिसको शरीर बाहिर कैयौं महिनासम्म बाँच्छन् ।

तर अहिलेसम्म यो भाइरसबाट कोहि मानिस संक्रमित हुनका लागि यसबाट संक्रमित मानिसको सम्पर्कमा आउँदा मात्र कोरोना भाइरसबाट संक्रमित हुने गरेको पाइन्छ ।

दोस्रो प्रश्न

चीनमा यस्ता भाइरसहरु किन उत्पन्न हुन्छ ?

यो प्रश्नको जबाफमा बीबीसी भन्छ-चीनमा एउटा ठुलो जनसंख्या जनावरहरुको नजिक रहन्छन् । यो कोरोना भाइरस पनि कुनै जनावरबाट मानिससम्म पुगेको हो । यो भाइरस सर्पबाट मानिसमा फैलिएको धेरैको आशंका रहेको छ । कोरोना जस्तै सार्स भाइरस पनि चीनबाट नै शुरुवात भएको थियो र त्यो चमेरो र सिभेट बिरालोबाट फैलिएको थियो ।

यो संक्रमणको शुरुवाती केशहरु दक्षिणी चीनको सी फूड होलसेल मार्केटसम्मा पुगेको थियो । यी बजारहरुमा कुखुरा,चमेराको साथमा सर्प पनि बेचिन्थ्यो ।

तेस्रो प्रश्न

के कोरोना भाइरसको संक्रमणपछि स्वास्थ्य पहिला जस्तै हुन्छ ?

यसको जबाफमा बीबीसी भन्छ-यो भाइरसको संक्रमणपछि पनि स्वास्थ पहिला जस्तै हुने सम्भव हुन्छ । यो भाइरसको संक्रमित धेरै मानिसहरुमा हल्का किसिमको लक्षण देखिन्छ ।

जसमा ज्वरो, खोकि र सास फेर्न गाह्रो हुने समस्याहरु समावेश छन् ।

धेरै जसो मानिसहरु कोरोना भाइरसको समस्याबाट मुक्त भएपछि पूर्ण रुपले ठिक हुन्छन् ।

तर यो भाइरसल वृद्ध मानिसहरु र पहिलाबाट नै डाइबिटीज र क्यान्सर जस्ता रोगहरुबाट ग्रसित भएका मानिसहरुका लागि अति नै खतरनाक हुन्छ ।

यसको साथै कमजोर रोग प्रतिरोधक क्षमता भएका मानिसहरुका लागि पनि अति नै खतरनाक हुन्छ ।

चौथो प्रश्न

इन्क्यूबेसन पीरियड के हो र यो भाइरसको इन्क्यूबेसन पीरियड कति हुन्छ ?

विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि भाइरसको इन्क्यूबेसन पीरियड भनेको त्यो समय हो जुन क्रममा व्यक्ति भाइरसबाट संक्रमित हुन्छ । तर त्यो व्यक्तिको स्वास्थ्यमा त्यो भाइरसको असर देखिंदैन ।

अहिलेका लागि यो भाइरसको इन्क्यूबेसन पीरियड २ देखि १० दिनबीचको भनिएको छ । तर सही मुल्याकनका लागि अझ धेरै जानकारीको आवश्यकता छ ।

कुनै पनि भाइरसको इन्क्यूबेसन पीरियड बुझ्नु अति नै आवश्यक हुन्छ । डाक्टर र सरकारहरुले यसको सहयोगले भाइसरको प्रसारलाई रोक्न सक्छन् ।

यसको अर्थ यदि उनीहरुलाई यो कुराको बारेमा पत्ता लाग्यो भने उनीहरुले त्यस्ता मानिसहरुलाई अलग गर्न सक्छन्, जसमा संक्रमित हुने आशंका धेरै हुन्छ ।

पाँचौ प्रश्न

के यो भाइरसको कुनै भ्याक्सिन छ ?

यो भाइरसको अहिलेसम्म कुनै भ्याक्सिन फेला परेको छैन । तर सर्वेक्षणकर्ताहरु यो भाइरसको भ्याक्सीन बनाउनमा दिनरात जुटिरहेका छन् । कोरोना भाइरस एउटा त्यस्तो भाइरस हो, जुन मानिसहरुमा पहिले कहिल्यै देखिएको थिएन ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment