+

वर्ल्ड कप लिग टूमा ओमानविरुद्ध नेपालको बलिङ (फोटो फिचर)

२०७६ माघ  २२ गते १३:५७ २०७६ माघ २२ गते १३:५७
वर्ल्ड कप लिग टूमा ओमानविरुद्ध नेपालको बलिङ  (फोटो फिचर)

२२् माघ, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानविरुद्ध नेपालले १९८ रनको लक्ष्य पाएको छ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनायो ।

अहिले नेपालले ब्याटिङ गरिरहेको छ । ओमानलाई कम रनमै समेट्न नेपालका लागि करण केसीले ४ विकेट लिए भने सुशन भारीले ३ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीको नाममा एक विकेट रह्यो ।

पुरै १० ओभर बलिङ गरेका सन्दीप लामिछानेले भने विकेट लिन सकेनन् । उनले ४५ रन खर्चिएका थिए ।

त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्ध नेपालको बलिङ र फिल्डिङको तस्वीर हेर्नुहोस् :

नेपाली क्रिकेट
लेखक
आर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय