+
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट :

भुटानविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

२०८२ असार  १७ गते ७:२५ २०८२ असार १७ गते ७:२५
भुटानविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

१७ असार, काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हो । समूह ए अन्तर्गतको यस खेल क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा पौने ८ बजेदेखि सुरु हुनेछ ।

हालसम्म नेपालले खेलेका तीनवटै खेल जितेको छ र सेमिफाइनल खेल्ने पनि पक्का भइसकेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाएको थियो भने तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।

समूह ए मा नेपालको ३ खेलमा ६ अंक छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् ।

यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

एसीसी यू१६ इस्ट जोन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय