+

भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

२०८२ असार  १६ गते २१:२५ २०८२ असार १६ गते २१:२५
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङले बेलायतको चेल्टेनह्याममा भएको प्रतियोगितामा पदक जितेका छन्।
  • भूपेन्द्रले ३ स्वर्ण र सुदेनले रजत जितेका हुन्, भूपेन्द्रले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका छन्।
  • प्रतियोगितामा ४१५ खेलाडीले भाग लिएका थिए, जसमा नेपालका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्।

१६ असार, काठमाडौं । नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङले बेलायतमा पदक जितेका छन् । बेलायतको चेल्टेनह्याममा भएको प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र सुदेनले रजत जितेका हुन् ।

भुपेन्द्रले ट्रेडिसनल चाइनिज फममा २६.७ , ट्रेडिसनल वेपनमा २७ र ट्रेडिसनल क्रिएटिभ फममा २६.८ अंक जोड्दै स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् ।

भूपेन्द्रले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।

सुदेनले ट्रेडिसनल चाइनिज फममा रजत जिते । उनले २६.१ स्कोर गरे । सुदेनको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोयगता हो ।

प्रतियोगितामा नेपालसहित जर्मनी, स्पेन, वेल्स, फ्रान्स, भारत, स्विट्जरल्यान्ड, नेडरल्यान्ड, कोस्टारिका, इस्टोनियालयागत राष्ट्रबाट ४ सय १५ खेलाडीले सहभागिता जनाएको अध्यक्ष राईले बताए ।

भूपेन्द्र गुरुङ सुदेन गुरुङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय