+

इन्टर मिलानलाई हराउँदै फ्लुमिनेस क्लब विश्वकपको क्‍वाटरफाइनलमा

२०८२ असार  १७ गते ६:४७ २०८२ असार १७ गते ६:४७
इन्टर मिलानलाई हराउँदै फ्लुमिनेस क्लब विश्वकपको क्‍वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्लुमिनेस एफसीले इन्टर मिलानलाई २-० ले पराजित गरी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्‍यो।
  • खेलमा जर्मन कानो र हर्कुलसले गोल गरे, जसले फ्लुमिनेसलाई विजयी बनायो।
  • अर्को खेलमा म्यान्चेस्टर सिटी र अल हिलाल खेल्नेछन्, जसको विजेतासँग फ्लुमिनेस खेल्नेछ।

१७ असार, काठमाडौं । इटालियन क्लब इन्टर मिलानलाई हराउँदै ब्राजिलको फ्लुमिनेस एफसी फिफा क्लब विश्वकप फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को खेलमा फ्लुमिनेस २-० ले विजयी भयो । योसँगै इन्टरको यात्रा अन्तिम १६ बाटै टुंगिएको हो ।

फ्लुमिनेसको जितमा जर्मन कानो र हर्कुलसले १-१ गोल गरे । खेलको तेस्रो मिनेटमा नै कानोले गोल गर्दै फ्लुमिनेसलाई अग्रता दिलाएका थिए ।

अर्को गोल भने खेल सकिनै लाग्दा भएको थियो । इन्जुरी समयको तेस्रो मिनेटमा हर्कुलसले गोल गरेपछि फ्लुमिनेस २-० ले विजयी हुँदै अघि बढ्यो ।

अब मंगलबार विहान अर्को खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी र साउदी क्लब अल हिलाल खेल्ने छन् । उक्त खेलको विजेतासँग फ्लुमिनेसले खेल्नेछ ।

यसअघि बायर्न म्युनिख, पीएसजी, चेल्सी र पाल्मेइरास क्‍वाटरफाइनलमा पुगिसकेका छन् ।

फिफा क्लब विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय