Comments Add Comment

परनिर्भरताको सकसः प्याज पछि लसुनको पालो

२२ माघ, काठमाडौं । गएको पुस अन्तिम साता किलोको ३०० रुपैँया पुगेको प्याजको भाउले नेपाली उपभोक्तालाई हैरान पारेकोमा अहिले लसुनको पालो आएको छ । यसरी एक पछि अर्को बस्तुको भाउले उपभोक्त डामिनुको एकमात्र कारण हो- नेपालको परनिर्भरता ।

भारत सरकारले प्याज निर्यातमा बन्देज लगाउने निर्णय गरे लगत्तै नेपाली बजारमा प्याजको मूल्य आकासिएको थियो । यो पटक भने हिमपात र कोरोना भाईरसका कारण चीनबाट निर्यातमा अवरोध भएसंगै लसुनको भाउले आकास छोएको छ ।

आकासमा पुगेको लसुनको मूल्य

पुस अन्तिम सातासम्म काठमाडौंमा सुकेको लसुनको प्रतिकिलो थोक मूल्य २२० रुपैयाँ हाराहारी रहेकोमा माघ तेस्रो साता ५६० रुपैयाँ पुगेको छ । तीन सातामा लसुनको मूल्य १५० प्रतिशतभन्दा धेरै बढेको छ ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडाले चिनीयाँ नाका खुल्ला रहेको बेला भित्रिएको लसुनको स्टक सकिएको बताए । नेपाली लसुन चैतमा मात्र बजारमा आउँछ, त्यसअघि समुन्द्री मार्गबाट लसुन भित्र्याउन सम्भव नरहेको खतिवडाले बताए ।

नेपाल-चीन आयात-निर्यातको मूख्य नाका रसुवागढी गत बुधबारबाट १५ दिनका लागि बन्द भएको छ । कोरोना भाईरसको संक्रमण फैलन नदिन दुवै देशको आपसी समझदारीमा नाका बन्द गरीएको हो । रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले यो नाकाबाट सबै प्रकारको आवत-जावत रोकिएको बताए ।

कागजमा चाही प्रशस्त लसुन

आर्थिक सर्वेक्षणअनुसार नेपालमा अघिल्लो वर्षको तुलनामा मसला बालीको उत्पादनमा ५.७ प्रतिशतको बृद्धि भएको छ । यसवर्ष देशभर पाच लाख दुई हजार ७६५ मेटि्रकटन भन्दा धेरै लसुन लगायतको मसला उत्पादन हुने सरकारी तथ्यांक छ ।

यथार्थ भने फरक छ । गत आर्थिक वर्षमा भारत र चीनबाट ८७ करोड ५७ लाख रुपैयाँको ४८ लाख ४० हजार किलो लसुन नेपाल भित्रिएको थियो । चालु आवको छ महिनामा १३ लाख ४०० किलो लसुन भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment