Comments Add Comment

सिटिजन्स बैंकद्वारा वातावरणमैत्री ‘सिटिजन्स स्मार्ट बचतखाता’ सञ्चालनमा

२२ माघ, काठमाडौं ।  सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिँदै आएका यस सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले युवावर्ग तथा प्रविधि मैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ ‘सिटिजन्स स्मार्ट बचत खाता’ को शुभारम्भ गरेको छ ।

निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनैपनि शाखामार्फत शुन्य मौज्दातमा खोल्न पाउने छन् । यस खाता अन्तर्गत ग्राहकले निःशुल्क अन्तर शाखा कारोबार, अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्युर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने जस्ता अनेकन आकर्षक सुविधाहरु उपलब्ध छन् ।

यस योजना अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, ई-बैकिङ्ग र मोबाइल बैकिङ्गमा प्रत्येक वर्षको बाषिर्क शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यस खाताबाहकहरुले जुनसुकै एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । दैनिक मौज्दातमा ६ प्रतिशतव्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ ।

यो खाता पूर्ण रुपमा डिजिटल प्रविधि तथा कागज रहित (वातावरणमैत्री) हुने भएकोले यस खातामा बैकले चेक बुक तथा बैक स्टेटमेन्ट भने उपलब्ध गराउने छैन । यस निक्षेप योजनाबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment