Comments Add Comment

ओमानसँग हारेपछि कप्तान मल्लले भने : आफ्नै कमजोरीले हार्‍यौं

२२ माघ, काठमाडौं । घरेलु मैदानमा पहिलो एकदिवसीय क्रिकेट श्रृङ्खला हुँदा खेलाडीदेखि दर्शकसम्म सबै जीतबाट शुरुवात गर्न चाहन्थे । तर आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा बुधवारदेखि शुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसंग १८ रनले पराजित भयो ।

बलिङ र ब्याटिङ दुवैमा नेपाल अन्तिमतिर चुक्दा जीतबाट वञ्चित रह्यो । ओमानलाई १९७ रनमा रोके पनि नेपालले लक्ष्य पूरा गर्न सकेन र ४६.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

‘हामीले बलिङमा अन्तिमतिर ४ ओभरमा अली धेरै रन दियौं । त्यसलाई अल कम गर्न सकिन्थ्यो’ मल्लले भने ‘दोस्रो इनिङ्समा हामीले राम्रो शुरुवात दिन सकेनौं । तर हामीले पार्टनरसिप गरेर राम्रो गरे पनि चाँडै ३ विकेट गयो । मेरो विचारमा त्यसले गर्दा खेल हातबाट टाढा गयो ।’ मल्लले शरद र विनोद हुँदासम्म पनि आश रहेको तर उनीहरुको विकेट गएपछि गाह्रो भएको बताए ।

नेपालको शुरुवात ज्ञानेन्द्र र पारसले गरे पनि दुवै खेलाडी नेपालको स्कोर ४ हुँदा आउट भइसकेका थिए । उनले दुई खेलाडीले राम्रो गर्न गर्न सकेको भए तलसम्म सोच्नु नपर्ने बताए । ‘यदि हामीले राम्रो शुरुवात दिन सक्यौं भने यस्तो अवस्था फेरि आउँदैन र हामीले सकारात्मक भएर सोच्नुपर्छ’ मल्लले भने ।

नेपालले शुरुमा कसिलो बलिङ गर्दै ओमानको ५७ रन हुँदा ५ विकेट लिए पनि त्यसपछि ओमानले सम्हालिएर खेलेको थियो । त्यो पार्टनरसिप तोड्न नेपाललाई समय लाग्यो । पछि पार्टनरसिप तोडे पनि ओमानी पछिल्लो क्रमका खेलाडीले राम्रो ब्याटिङ गर्द १९७ स्को बनाउन सफल भयो ।

ओमानी खेलाडीको अनुभवको कारणले पछिसम्म ब्याटिङ गर्दै राम्रो स्कोर बनाएको ज्ञानेन्द्रले बताए । नदिम लगायत उनीहरुको अनुभवले राम्रो गर्‍यो । उनीहरुको ब्याटिङपनि तलसम्मै थियो । मल्लले भने ।

मल्लले अब यस खेलका कमजोरी सुधार गर्दै अर्को खेलमा राम्रो खेल्नुपर्ने बताए ।

‘अर्को खेलमा हार भन्दा पनि राम्रो खेल्ने सोच्नुपर्छ । जित्नका लागि सोच्नुपर्छ । सकरात्मक सोच्नुपर्छ’ मल्लले भने, ‘हामीले आज राम्रो बलिङ गर्‍यौं, त्यसमा अलिकति सुधार गर्नुपर्छ । ब्याटिङमा खास गरेर अगाडि देखि राम्रो गर्न सक्यौं भने राम्रो हुन्छ ।’ आगामी खेलमा राम्रो प्रदर्शन गर्ने उनले बताए ।

ओमानका कप्तान जिसम मक्सुदले सबैले राम्रो खेलेकोले जीत सम्भव भएको बताए ।

यो पनि पढ्नुहोस विश्वकप लिग २ : हारबाट नेपालको सुरुवात

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment