
काठमाडौं । अनन्त तामाङकाे निर्णायक गाेलमा थ्री स्टारले संकटा क्लबलाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थानमा उक्लेकाे छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएकाे खेलमा थ्री स्टारले साविक उपविजेता संकटालाई १-० ले हरायाे ।
ललितपुरे क्लबका लागि अनन्तले ६१औं मिनेटमा गाेल गरे । जितपछि ११ खेलबाट २० अंक जाेड्दै थ्री स्टार मनाङ मर्स्याङ्दीलाई पछि पार्दै तेस्राे स्थानमा उक्लेकाे हाे । एक खेल कम खेलेकाे मनाङकाे १९ अंक छ । हारपछि ११ खेलबाट १५ अंक रहेकाे संकटा पाँचाै स्थानमै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4