Comments Add Comment

रोवन ऐटकिन्सन कसरी ‘मिस्टर बिन’ बने ?

मिस्टर बिन । नाम सुन्नसाथ तपाईको ओंठमा मुस्कान दौडन थाल्छ । किनकी ‘मिस्टर बिन’ ऋंखलाले पक्कै पनि तपाईलाई पेट मिचीमिची हँसाएको हुनुपर्छ । उनको उटपट्याङ हर्कतले कहिले हसाउँछ, कहिले आश्चर्यमा पार्छ । उनी बोल्दैनन् । तर, शारीरिक हाउभाउ हेर्नलायक हुन्छ । उनका अनेकन गतिविधि चाखलाग्दो हुन्छ । त्यही कारण त, एउटा शृंखलाको ‘ह्याप्पी इन्डिङ’ भइनसक्दै, अर्को शृंखला हेर्ने हतारो हुन्छ ।

मिस्टर बिनको फिल्म हेर्न सकिन्छ, शृंखलाबद्ध कथा हेर्न सकिन्छ, एनिमेटेड कार्टुन हेर्न सकिन्छ । पृष्टभूमीमा बज्ने संगीतसँगै मिस्टर बिन रोचक हाउभाउ सहित प्रस्तुत हुन्छन् । र, नसोचेको हर्कत गर्छन् ।

मिस्टर बिन, जसको खास नाम रोवान ऐटकिन्सन हो, उनको जीवन-गाथा पनि रोचक छ । उनी १९५५ मा जन्मिएका हुन्, बेलायतमा । जब उनी बिद्यालय पढ्दै थिए, त्यसबेला उनका साथी थिए बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर क्लामेट थिए । एटकिन्सनलाई सानैदेखि कमेडी गर्न औधी रुची लाग्थ्यो । अक्सफोर्डमा स्नातकोत्तर गर्दैगर्दा उनले ‘मिस्टर बिन’ क्यारेक्टरको परिकल्पना गरेका थिए ।

निजी जीवनमा पनि रोमान्टिक

रिल लाइफमा त हामीले मिस्टर बिनलाई भेटेकै छौ । उनी बच्चा जस्तो छन् । चञ्चल । निश्छल । अनेक हर्कत गर्छन् । आफ्नै हर्कतले समस्या पैदा हुन्छ । त्यही समस्याबाट पार पाउन अनेक उपाय रच्छन् । र, क्लाइमेक्समा उनी आफ्नो ‘चोर बुद्धि’ प्रयोग गर्छन् । समस्या हल हुन्छ । मिस्टर बिनको ह्याप्पी इन्डिङ हुन्छ ।

स्क्रिनमा रोमान्टिक देखिने मिस्टर बिन वास्तविक जीवनमा पनि त्यस्तै रहेछन् । उनी वास्तविक जीवनमा रमाइलो, रसिक छन् । उनलाई ठट्टा गरिरहनुपर्छ ।

३० बर्षका मिस्टर बिन

रोवान एटकिन्सनले सुरुवाती समयमा केहि स्टेश शोज गरे । १ जनवरी १९९० मा पहिलो पटक मिस्टर बिन यूकेको आई टेलिभिजनमा प्रकट भए । त्यस हिसाबले आजसम्म मिस्टर बिन ३० बर्षका भए ।

फिल्ममा हिट

१९९७ मा मिस्टर बिन पात्रलाई केन्दि्रय भूमिकामा राखेर एउटा फिल्म बनाइयो, जो सुपरहिट भयो । २००७ मा त्यसको सिक्वेल बन्यो । ऐटकिन्सनले ‘फोर वेडिंग्स एन्ड ए फ्यूनेरल’, ‘हट शट्स’ र ‘जनी इग्लिश रीबोर्न’ मा एक बि्रटिश स्पाईको मूख्य भूमिकामा पनि देखिए । उनले आफ्नो बढ्दो उमेरको कारण २०१२ बाट यस भूमिकाबाट अवकास लिने फैसला गरे ।

लन्डन ओलम्किमा प्रस्तुती

उनको लोकपि्रयता यस्तो छ कि २०१२ को लन्डन ओलम्पिकको ओपनिङ समारोहमा कमेडी गर्दै गरेको देखिए । उनलाई बेलायतको ५० सबैभन्दा फनी एक्टर्समा राखिएको छ ।

शाही बिवाहको विशेष पाहुना

मिस्टर बिन यति रुचाइएका कलाकार हुन् कि, जसलाई बेलायतको शाही बिवाहमा विशेष आमन्त्रण गरियो । पि्रन्स लिलियम र केट मिडलटनको शाही बिवाहमा मिस्टर बिन विशेष पाहुना बनेर पुगेका थिए ।

परस्त्रिसँग सल्किएपछि

बीबीसीकी पूर्व मेकअप आर्टिस्ट सुनेत्रासँग मिस्टर बिनको बिवाह भएको थियो । उनीहरुको दुई बच्चा पनि थियो । तर, सन् २०१४ मा दुबै अलग भए । यसरी अलग हुनुको कारण थियो, मिस्टर बिनको परस्त्रीसँगको सम्बन्ध । उनी एक युवतीसँग लामो समयदेखि प्रेममा थिए । त्यही निहुँमा उनको घरबार भाँडियो । सम्बन्ध विच्छेद गरेपछि उनले पत्नीलाई करोडौं रुपैयाँ दिनुपर्‍यो । त्यसअघि उनले आफ्नो सुपरकार करिब एक अर्बमा  विक्री गरेका थिए ।

कारका सौखिन

मिस्टर बिन फिल्ममा पहेंलो रंगको पुरानो कारमा सवार हुन्छन् । वास्तविक जीवनमा भने उनी महंगा कार चढ्छन् । उनी कारका सौखिन हुन् । उनी सबैभन्दा पहिला एम मारिस माइनर थियो । अहिले उनीसँग म्याकलारेन एफ-१, रेनाल्ट ५ जीटी टर्बो, अस्टिन मेट्रो औडी ए ८ र  होन्डा सिविक हाइबि्रड छ ।

जेम्स बोन्डको फ्यान

मिस्टर बिनको फ्यान कति छन् कति । उनीचाहि कसका फ्यान थिए होलान् ?

वास्तवमा मिस्टर बिन सानैदेखि जेम्स बोन्डका फ्यान थिए । उनले फिल्म ‘नेभर से नेभर अगेन’मा काम गरे ।

कार्टुन र भिडियो गेममा

डिसेम्बर २००१ मा द मिस्टर बीन एनिमेटेड सिरिज पुरा भएको थियो । २००४ मा त्यो वेलायतमा निकबाट सार्वजनिक गरियो ।

फेबु्रअरी २००५ मा मिस्टर बिनले मोवाइल गेममार्फत विश्वमै कब्जा जमायो ।

फिल्ममा कमब्याक

मिस्टर बिनले २०१२ मा सार्वजनिक घोषणा गर्दै फिल्म जीवनवाट सन्यास लिएको घोषणा गरेका थिए । त्यसबेला उनले भनेका थिए, ‘अब मेरो उमेर कमेडियन रोल गर्ने बेला होइन ।’ पाँच बर्षसम्म उनले विश्राम पनि लिए । तर, त्यसपछि उनी आफ्नो सन्यास तोडेर फिल्ममा फर्किए । उनले चीनी फिल्म ‘टप फनी कमेडियन’मा काम गरे ।

धनाड्य अभिनेता

एक रिपोर्ट अनुसार उनी वेलायतको सवैभन्दा धनी अभिनेतामध्ये एक हुन् । उनको सम्पती आठ सय करोडभन्दा बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment