Comments Add Comment

भिरबाट खसेर कैलालीमा एक युवकको मृत्यु

२४ माघ, कैलाली । कैलालीमा भिरबाट खसेर एक युवकको ज्यान गएको छ । जिल्लाको चुरे गाउँपालिका ६ नुवाकोटका स्थानीय प्रेमबहादुर रावतको भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिहीबार बिहान खसी बोका खरिद गर्न भनी घरबाट हिँडेका रावत शुक्रबार बिहान घाइते अवस्थामा भेटिएका थिए । आफन्तले भिरबाट खसेर घाइते भएको अवस्थामा उद्धार गरी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment