Comments Add Comment

इन्डियन वुमन्स लिग : सेमिफाइनलमा सावित्रा भर्सेस अनिता

२४ माघ, काठमाडौं । भारतमा भइरहेको हिरो इन्डियन वुमन्स लिगमा नेपाली खेलाडी रहेको दुई टिम सेमिफाइनलमा भिड्ने भएका छन् । नेपाली राष्ट्रिय टिम र एपीएफमा सँगै खेल्ने सावित्रा भण्डारी  रअनिता बस्नेत अब सेमिफाइनलमा प्रतिद्वन्द्वी हुने भएका छन् ।

समूह बीको अन्तिम खेलमा सावित्रा सम्मलित गोकुलम केरला एफसीले विदेश ११ एफसीलाई ५-० ले हराएर समूह विजेता बनेपछि सेमिफाइनलमा समूह ए को उपविजेता सेथु एफसीसंग खेल्ने भएको हो । नेपालकी अर्की खेलाडी अनिता बस्नेत यस सिजन सेथुबाट खेलिरहेकी छिन् ।

गत सिजन दुवै खेलाडीले सेथुबाट खेल्दै उपाधि जितेका थिए । यस सिजन भने सावित्रा गोकुलम जाँदा अनिताले सेथुबाटै खेलिन् ।

गोकुलमले समूह बी मा खेलेको सबै ५ खेल जित्दा सावित्राले गोल गरेकी छन् । उनले दुई खेलमा ५-५ गोल गरिन् भने तीन खेलमा समान १ गोल गरिन् । यस्तै लिग खेल्नुअघि प्लेअफमा समेत खेलेकी सावित्राले एक गोल गरेकी थिइन् ।

यता अनिताको टिम सेथुले भने समूह बी मा ५ मध्ये ४ खेल जित्दा १ मा हार बेहोर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment