Comments Add Comment

‘ए’ डिभिजन लिगमा आज ११ औं चरणका अन्तिम तीन खेल हुँदै

२५ माघ, काठमाडौं ।  शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज ११औ चरणका अन्तिम तीन खेल हुँदैछन् । २ खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । यस सिजन पहिलोपटक लिगको खेल हलचोकस्थित एपीएफ मैदानमा पनि खेलाइँदैछ र आज त्यहाँ एक खेल हुनेछ ।

आज साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले एनआरटीसँग हलचोक मैदानमा खेल्नेछ । खेल दिउँसो ३ बजे हुनेछ ।

यस्तै, दिउँसो १ बजे एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र च्यासल युथ क्लबबीच खेल हुनेछ । आयोजकका अनुसार, दिउँसो ३ बजे सोही मैदानमा ललितपुरे डर्बी खेलमा जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ ।

अघिल्लो चरणा च्यासलसँग पराजित भएपछि साविक विजेता मनाङको उपाधि रक्षा अभियान कठिन बनेको छ । एक खेल कम खेलेको मनाङ लिग लिडर आर्मीभन्दा ७ अंकले पछि छ । झिनो अंकगणितीय सम्भावनामात्र बाँकी रहेको मनाङले एनआरटीलाई पराजित गरेमा २२ अंक जोड्दै तेस्रो स्थानमा उक्लनेछ । १० खेलबाट १९ अंकसहित मनाङ हाल चौथो स्थानमा छ ।

यस्तै १० खेलबाट १५ अंक रहेको एनआरटी छैटौं स्थानमा छ । शीर्ष ६ मा अटाउने लक्ष्य राखेको एनआरटीले मनाङलाई पराजित गरेमा पाँचौं स्थानमा उक्लनेछ । नेपाल पुलिस ११ खेलबाट १७ अंकसहित पाँचौं स्थानमा छ ।

एनआरटी समान १५ अंक जोडेको जावलाखेल र फ्रेण्ड्ससँग १४ अंक जोडेको फ्रेण्ड्स ललितपुर डर्बीमा भिड्दा दुवैको नजर शीर्ष ६ मै हुनेछ । जितले एनआरटी र फ्रेण्ड्स दुवैको शीर्ष ६ होड बलियो हुनेछ । यस्तै अर्को ललितपुरे क्लब च्यासलको लागि पनि शीर्ष ६ मा रहन हिमालय शेर्पा क्लबविरुद्धको खेल महत्त्वपूर्ण छ । १० खेलबाट १२ अंक जोडेको च्यासल १० औं स्थानमा छ ।

उता, शीर्ष ६ मा पर्ने सम्भावना कठिन बनिसकेको हिमालयन शेर्पाको लागि भने अझै रेलिगेसनको डर छ । च्यासललाई पराजित गर्न सके हिमालयन शेर्पाको रेलिगेसन चिन्ता लगभग टर्नेछ । हार वा बराबरीले भने शेर्पाले एपीएफ र सरस्वतीको खेलको नतिजा कुर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment