+
+
Shares

फारवेस्ट कपको उपाधि स्टार सिटीलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २५ गते १८:४०

२५ माघ, कैलाली । पाँचौं हाइलेण्डर फारवेस्ट पशुपतिकप फुटबल प्रतियोगिताको उपाधि स्टार सिटी युवाक्लवले जितेको छ । शनिबार सुदूरपश्चिम ११ लाई १–० ले पराजितगर्दै स्टार सिटीले उपाधिमाथि कब्जा जमाएको हो ।

स्टार सिटीको उपाधिमा विक्रम सिंहले निर्णायक गोल गरे । विदेशी खेलाडी ओरियलको पासमा विक्रमले गोल गरेका थिए । प्रतियोगिताको विजेता बनेको स्टार सिटीले पाँच लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल पाएको छ । उपविजेता बनेको सुदूरपश्चिम ११ ले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

स्टार सिटीका कुवेर सिंह प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । उनले नगद २५ हजार प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक स्टार सिटीका कुमार शाही, उत्कृष्ट गोलरक्षक स्टार सिटीका प्रियम खड्का, उत्कृष्ट रक्षक स्टार सिटीका राकेश हमाल, सर्वाधिक गोलकर्ता स्टार सिटीका विक्रम सिंह भए । त्यस्तै उदयमान खेलाडी पशुपति युवा क्लबका रोहित सिंह भए । उनीहरूले जनही १५–१५ हजार रुपैयाँ पुरस्कार पाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?