+
+
Shares

भ्रष्टाचारी जो भए पनि कारबाही हुनुपर्छ : खनाल

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २५ गते १९:५७

२५ माघ, महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले भ्रष्ट नेता जुनसुकै दलको भएपनि कारबाही हुनु पर्ने बताएका छन् ।

महोत्तरीको बर्दिवासस्थित आधारशिलाको १७ औं बार्षिकोत्सवमा शनिबार बोल्दै नेता खनालले आफ्ना दलका नेता भ्रष्टाचारी छन् भने पक्राउ गर्दा वा मुद्दा चलाउँदा केही फरक नपर्ने बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासन कायम गर्न ठीक काम गरिरहेको भन्दै वरिष्ठ नेता खनालले भ्रष्टाचारी जो भए पनि कारबाही हुनै पर्नेमा जोड दिए ।

‘भ्रष्टाचारीलाई कारबाही हुनैपर्छ,’ पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भने, “अख्तियारले ठीक काम गरिरहेको छ । भ्रष्टाचारमा संलग्न भेटिए जुन दलका नेता भएपनि कारबाही हुनैपर्छ ।”

मुलुकमा सुशासन कायम हुनुपर्ने भन्दै नेता खनालले कुनै भ्रष्टाचारीलाई राखेर मुलुक र समाज रुपान्तरण गर्न नसकिने बताए ।

उनले कम्युनिष्ट शाषणमा पनि सुशासन नआए कहिले आउने ? भन्दै नयाँ कानूनलाई टेकेर पनि मुलुकमा सुशासन कायम गर्नु अपरिहार्य रहेको बताए ।

कार्यक्रममा नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले नेकपाका नेता भ्रष्ट भए अख्तियारले समात्नु् पर्ने बताए । ललिता निवासको जग्गा प्रकरणमा अख्तियारले मुद्दा चलाएपछि विपक्षी दलले सत्तारूढ दलले आफ्नालाई जोगाएको भनी अभिव्यक्ति दिनु ठीक नभएको उनको भनाइ छ ।
‘अख्तियारले थप छानबिन गरोस् हाम्रा नेता पनि दोषी छन् भने कारबाही गरियोस्’ श्रेष्ठले भने, “हामी अख्तियारलाई प्रोत्साहित गर्छौं ।”

नेता श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र निकाय रहेको बताउँदै सरकारले अख्तियारको काममा कुनै हस्तक्षेप नगरेको र नगर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?