Comments Add Comment

गर्भवतीले कोरोना भाइरसबाट कसरी बच्ने ?

जब कुनै महिला गर्भवती हुन्छिन्, त्यो समयमा उनको रोग प्रतिरोधात्मक क्षमता परिवर्तन हुनथाल्छ । झन् अहिले त संसारका विभिन्न ठाउँहरुमा कोरोना भाइरसको प्रकोप दिनदिनै बढ्दै गएको छ ।

चीनबाट सुरु भएको यो भाइरसले अहिलेसम्म सयौंको ज्यान लिइसकेको छ भने हजारौंमा यसको संक्रमण देखिएको छ । चीनबाट सुरुवात भएको यो भाइरस अहिले विभिन्न देशहरु जापान, भारत, फ्रान्स, अमेरिकादेखि नेपालमा देखा परिसकेको छ । चीन्ाबाहेक हङकङ र फिलिपिन्समा पनि यो  भाइरसको संक्रमणले १-१ जना व्यक्तिको मृत्यु भइसकेको छ । त्यसैले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण विश्वमा स्वास्थ्य संकटकालको घोषणा समेत गरिसमेको छ । यस्तो अवस्थामा सामान्य मानिस सँग-सँगै गर्भवती महिलाले आफू र आफ्नो गर्भमा रहेको शिशुलाई यो भाइरसबाट सुरक्षित राख्नको लागि केही सावधानी अपनाउनुपर्ने देखिन्छ ।

रोग प्रतिरोधक क्षमता कम हुनु

गर्भवती भएको समयमा रोग प्रतिरोधक क्षमता कमजोर हुने भएका कारण महिलालाई इन्फेक्सनको खतरा धेरै हुन्छ । यो समयमा रेस्पिरेटरी इन्फेक्सन अर्थात् सास सम्बन्धी कुनै पनि किसिमको इन्फेक्सन हुने खतरा धेरै हुन्छ । त्यसैले गर्भवती महिलाहरुले कमन फ्लू, इन्फ्लुइन्जा, खोकी आदिको भ्याक्सिन पहिला नै लगाउनु पर्छ । जसले पछि त्यस्ता रोगहरुको समस्या नरहोस् । हुन त अहिले यो नयाँ भाइरसबाट बच्नका लागि कुनै पनि किसिमको भ्याक्सिन फेला परिसकेको छैन । त्यसैले सामान्य मानिसहरुले जस्तै गर्भवती महिलाले पनि केवल सावधानीनै अपनाउनु बाहेक अन्य कुनै विकल्प छैन । विभिन्न सावधानी अपनाएर नै गर्भवती महिलाहरु पनि यो भाइरसको प्रकोपबाट बच्न सक्छन् ।

ध्यान दिनु पर्ने कुराहरु

हातको सरसफाइमा ध्यान दिनुपर्छ

हरेक दिन नियमित रुपले ह्यान्डवासको प्रयोग गर्नुपर्छ । यसका लागि साबुन र पानीको प्रयोग गरेर कम्तिमा पनि २० सेकेन्डसम्म हातलाई राम्रोसँग माडेर सफा गर्नुपर्छ । विशेष गरेर दिशा धोइ सकेपछि र खाना खानु अगाडि हात राम्रोसँग धुनुपर्छ । यदि तपाईं घरबाट बाहिर निस्कनु भएको छ भने अल्कोहल बेस्ड ह्यान्ड सेनिटाइजरको प्रयोग पनि गर्नसक्नुहुन्छ ।

भीडभाड भएको ठाउँमा जानु हुँदैन

डाक्टरहरुका अनुसार गर्भवती महिलाहरु अहिलेको समयमा भीडभाड भएको ठाउँहरुमा जानबाट बच्नु पर्छ । किनभने त्यस्ता ठाउँहरुमा हावामा समावेश भाइरसबाट इन्फेक्सन हुने खतरा हुन्छ । तर, यदि सार्वजनिक ठाउँमा जानु नै परेमा मास्क लगाएर मात्र जानुपर्छ । मास्कको छनोट गर्दा साधारण सर्जिकल मास्कभन्दा गुणस्तरीय मास्क(एन९५)को प्रयोग गर्नुपर्छ ।

हाच्छयुँ गर्दा र खोक्दा मुख छोप्नुपर्छ

यदि तपाईंलाई हाच्छ्युँ आइरहेको छ र खोकी लागेको छ भने आफ्नो मुख र नाकलाईं सफा रुमाल या कागजले छोपेर मात्र हाच्छ्युँ गर्ने अथवा खोक्नु पर्छ । अरुलाई पनि त्यस्तो गर्न प्रेरित गर्नुपर्छ । त्यस्तै, प्रयोग गरिसकेका कागजहरुलाई फोहोर फाल्ने ठाउँमा फ्याँक्ने र हात राम्रोसँग धुनुपर्छ । फोहोर हातले आफ्नो आँखा, नाक अथवा मुख छुनु हुँदैन ।

यात्रा गर्नु हुँदैन

चीन र चीनका नजिकका देशहरु जहाँ कोरोना भाइरस सबैभन्दा धेरै फैलिएको छ । ती देशहरुको यात्रा गर्नबाट बच्नुपर्छ । सकेसम्म गर्भवती महिलाहरुले हरेक प्रकारको इन्फेक्सनहरुबाट बच्नका लागि केही समयसम्म विदेश यात्रा नगर्नु राम्रो हुन्छ ।

गर्भवती भएको समयमा रुघाखोकी लाग्न नदिनका लागि गर्भवती महिलाहरुले आफ्नो विशेष ध्यान राख्नु आवश्यक छ । गर्भाधारणको समयमा शरीरको रोग प्रतिरोधक क्षमतामा परिर्वतन आउन थाल्छ । जसका कारण गर्भवती महिलाहरुलाई छिट्टै रुघाखोकी लाग्छ । केही तरिकाहरु अपनाएर गर्भवती महिलाहरु रुघाखोकी लाग्नबाट बच्न सक्छन् ।

-गर्भवती महिलाहरु धेरै धुवाँ र धुलोको सम्पर्कमा आउनु हुँदैन । यी कारणहरुले पनि रुघाखोकी लाग्छ ।

-चिसो कुराहरुबाट टाढै बस्नुपर्छ । चिसो चलाउनाले र चिसो खाद्यपदार्थको सेवनले पनि रुघाखोकी लाग्नसक्छ ।

– रुघाखोकी सरुवा रोग भएकाले रुघाखोकी लागेको मानिसबाट टाढा रहनुपर्छ ।

– तातो खाने कुराहरु जस्तै दाल, सुप, तातो पानीको सेवन गरिराख्नुपर्छ ।

– आवश्यकता पर्दा मात्र घरबाहिर निस्कनुपर्छ ।

– सकेसम्म धेरै आराम गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment