Comments Add Comment

अकिब इल्यासले खोसेको नेपालको जित [फोटो फिचर]

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपालले पहिले ब्याटिङ गर्दै विपक्षीलाई अहिलेसम्मकै ठूलो टार्गेट दिएको थियो ।घरेलु मैदान र दर्शकको साथ थियो । तर ब्याटिङ चलेको खेलमा बलिङ चलेन, अनि २४९ रन बनाएर पनि हार बेहोर्न बाध्य भयो ।

प्रसंङ्ग हो आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत काठमाडौंमा भइरहेको त्रिकोणात्मक सिरिजको । नेपाल फेरि ओमानसँग पारजित भयो । आइतबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा घरेलु दर्शकका अगाडि नेपालले राम्रो ब्याटिङ गर्दा राम्रो बलिङ गर्न सकेन ।

टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक मद्दतमा ८ विकेट गुमाएर ५० ओभरमा २४९ रन बनाएको थियो ।तर ओमानका उपकप्तान अकिब इल्यासले शतक र कप्तान जिसन मक्सुदले अर्धशतक प्रहार गरेपछि नेपालले ठूलो स्कोर बनाउँदा पनि हार बेहोर्‍यो । ओमानले ४७.२ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।अघिल्लो खेलमा नेपालले ओमानलाई १९७ रनमा रोकेपनि १७९ रन मात्र बनाउँदै १८ रनको हार बेहोरेको थियो । यस पटक ओमानका लागि नायक बनेका इल्यासले बलिङमा ४ विकेट लिए भने ब्याटिङमा अविजित १०९ रन बनाए । उनले १०८ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान मकसुदले ७९ बल खेल्दै ८ चौका मदद्तमा अविजित ७९ रन बनाए ।

ओडीआईमा पहिलो शतकसँगै इल्यासले टीयू मैदानमा ढोगे ।

नेपालका लागि दई विकेट लिनेमा कुशल मल्ल र सुशन भारी रहे । ग्लोबल स्टार छवि बनाएका सन्दीप लामिछाने यस पटक पनि विकेटविहीन भए । अघिल्लो १० ओभरमा सन्दीपले ६५ रन खर्चिए । खेलमा पनि ओमानविरुद्ध उनले विकेट लिन सकेका थिएनन् ।

यस्तै यसअघि दुवै खेलमा ४-४ विकेट लिएका करण केसीले पनि ९ ओभरमा १ मेडन राख्दै ४४ रन खर्चादा विकेट लिन सकेनन् ।ब्याटिङमा नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले बाहेक सबैले दोहोरो अंकमा रन जोडेका थिए । कप्तान ज्ञानेन्द्रले सर्वाधिक ५६ रन जोड्दा पूर्व कप्तान पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्ले समान २८, सुवास खकुरेलले २२, करण केसीले १० रन जोडे । यस्तै सन्दीप लामिछाने १० र डेब्युटान्ट कमल सिंह भरी ९ रनमा अविजित रहे ।

ओमानका लागि इल्यासले ४ विकेट लिँदा यसअघि दुवै खेलमा म्यान अफ दि म्याच बनेका मोहम्मद नदिमले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment