+
+
Shares

हटेन ढिकेनुन प्रयोग गर्ने बानी

रासस रासस
२०७६ माघ २७ गते ११:३३

२७ माघ, काठमाडौं । रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुन प्रयोग हुने गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरशनद्वारा वितरित आयोडिनयुक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भएपनि जिल्लाका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग भइरहेको छ ।

सिस्ने गाउँपालिका–१, २, ४, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका अधिकांश गाउँमा ढिकैनुन प्रयोग गर्नेको सङ्ख्या अझै नघटेको बताइएको छ । पुथाउत्तरगंगा गाउँपालिकामा घोडाबाटै बोराका बोरा ढिके नुन ढुवानी हुने गरेको छ ।

सस्तो र सजिलो भएकाले आफूहरुले ढिकेनुन प्रयोग गर्दै आएको भूमे गाउँपालिका–२ का सुजन घर्ती मगरले बताए । बजारमा आयोडिनयुक्त नुन पाइने गर्दछ । ढिके नुनभन्दा महँगो पर्ने र स्वादमा पनि फरक हुने भएकाले आयोडिनयुक्त नुनको प्रयोग नगरेको उनले जानकारी दिए । ढिके नुनको प्रतिकिलो २० रुपैयाँ र आयोडिनयुक्त नुन रु ३० पर्ने बताइएको छ ।

‘आयोडिनयुक्त नुनको प्रयोग गर्नुपर्छ,’ भन्ने चेतनाको अभावले ढिके नुनको प्रयोग गर्न नछाडेका सिस्ने गाउँपालिका–५ का प्रकाश मगरले बताए । सरकारले ‘दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भनेपनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?