Comments Add Comment

किन धाउने अस्पताल ?

अनुशासित दिनचर्या, सन्तुलित खानपान, सकारात्मक सोंच

निरोगी एवं तन्दुरुस्त बनेर बाँच्नु र रोगले थलिएर बाँच्नुमा धेरै फरक छ । आफ्नो काम गरेर, खेलेर, रमाएर, खुसीसाथ बाँच्नु र अस्पताल धाउँदै बाँच्नुमा धेरै फरक छ । यी दुईमध्ये कस्तो जीवन रोज्ने ? यसमा हाम्रो हात छ ।

यदि क्षणिक मोजमस्तीलाई रोज्ने हो भने भोलिका दिनमा हामी औषधिको भरमा बाँच्नुपर्ने हुन्छ । हाम्रो दैनिकी अस्पलता चाहर्दैमा बित्नेछ । अनेक रोगसँग लड्दै कष्टपूर्वक जीवन गुजार्नुपर्नेछ ।

तर, अनुशासित दैनिकी रोज्ने हो भने हामी जीवनभर खुसी र निरोगी हुनेछौं । हामी आफ्नो लक्ष्य हासिल गर्नका लागि समय र श्रम दिन सक्नेछौं । उर्जावान् र उत्साहित हुनेछौं । बलियो र फूर्तिलो हुनेछौं ।

अनुशासित दैनिकी भनेको हाम्रो उठ्ने, सुत्ने, खाने, बस्ने तालिकादेखि आचरणसम्मको कुरा हो । हामीले सही र सन्तुलित दिनचर्या बिताउनुका साथसाथै सोंच चिन्तन पनि सकारात्मक राख्नुपर्छ ।

अनुशासित दिनचर्या कस्तो ?

बिहान पाँचदेखि ६ बजेको बीचमा उठ्ने बानी गर्नुपर्छ । संभव भएसम्म सूर्योदयअघि उठ्नु राम्रो हो । उठ्नसाथ दुई/तीन गिलास मनतातो पानी पिउने । यसले पेट सफा हुन्छ । साथै दिनभर ताजा अनुभव हुन्छ ।

नियमित रुपले दाँत सफा गर्ने । अनुहार राम्ररी धुने । हरेक बिहान व्यायाम गर्ने । व्यायाम गरेको केही समयपछि आरम गरेर नुहाउने । यसले शरीरमा स्फूर्ति पैदा गर्छ । पसिनाले बन्द गर्ने छालाको रोमछिद्र खुल्छ । जब समय मिल्छ, शारीरिक खेल मस्तसँग खेल्ने । पसिना बगाउने । सधै सन्तुलित भोजन गर्ने ।

कस्तो खानपान ?

भोजन हामीले स्वादका लागि भन्दा पनि स्वस्थ्यका लागि गर्नुपर्छ । खानेकुरा जति मनलाग्यो, जस्तो मनलाग्यो खानुहुँदैन । खानपानमा नियन्त्रण गर्नुपर्छ । यस्तो कुरा त हामीले जनवारबाट सिक्नुपर्छ । जनवारले त्यती नै खान्छन्, जति आफुलाई चाहिएको छ ।

त्यही नै खान्छन्, जे उसलाई प्रकृतिले दिएको छ । त्यही कारण अक्सर जनवारले आफ्नो पूर्ण आयु स्वस्थ्य ढंगले बिताउँछन् । जबकी हामी भने खानामा अनियन्त्रित छौं । यसले हामीलाई रोगी बनाइरहेको छ ।

भोजनको समयलाई तीन भागमा

बिहानको नास्ता

मध्यन्हको खाना

साँझको खाना

नास्ता

नास्तामा दुध, अन्डा, पनिर, अंकुरित अन्न, सलाद, दाल, चिया, हरियो सब्जी, ड्राइ फ्रुट्स , फल आदि खानेकुरा मिलाएर खानुपर्छ । एकै दिन वा एकै पटक होइन, खानेकुरा बदल्दै खानुपर्छ । यस किसिमको पौष्टिक तत्वले शरीरलाई उर्जावान्, स्वस्थ्य र ताजा राख्छ ।

कतिपयले नास्ता गर्नु आवश्यक ठान्दैनन् । तर, यो एकदमै गलत हो । हामी रातभर केही नखाई बसेका हुन्छौ । त्यसैले अर्कोदिन शरीरमा उर्जा र स्फूर्तिका लागि बिहानको नास्ता अनिवार्य छ । यदि हामी अत्याधिक शारीरिक परिश्रम गर्छौं भने र भोक लागिरहेको छ भने मध्यन्हको भोजनअघि जुस वा हल्का भोजन गर्न सक्छौ ।

मध्यन्हको खाना

मध्यन्हको खाना आवश्यक्ता अनुसार भरपेट खानुपर्छ । यस समय हामीले खानामा कार्बोहाइड्रेट्स, प्रोटीन, वोसो, खनिज लवण भिटामिनयुक्त सन्तुलित भोजन गर्नुपर्छ ।

साँझको खाना

पूर्खाहरुले भनेका छन्, सूर्योअस्तअघि नै खाना खानुपर्छ । सूर्योअस्तपछि खाएको खाना शरीरमा विष समान हुन्छ । साँझको खाना हल्का हुनुपर्छ । सुपाच्य हुनुपर्छ । खाना खाएको तीन घण्टापछि मात्र सुत्नुपर्छ ।

सन्तुलित भोजनको स्रोत

कार्बोहाइड्रेट- यसले शरीरमा शक्ति प्राप्त हुन्छ । शारीरिक श्रम गर्नेहरुका लागि यो अत्याधिक आवश्यक छ । चामल, आटा, मैदा, आलु, अन्न, दाल आदिबाट कार्बोहाइड्रेट प्राप्त हुन्छ । चुकन्दर, मेवा, शख्खर, मह आदिबाट पनि यो प्राप्त हुन्छ । यसको कमीले शरीरमा कमजोरीपन आउँछ ।

प्रोटिन

शारीरिक शक्ति प्रदान गर्ने, कोशिकाको मर्मत गर्ने, नयाँ कोशिका बनाउने, मानसिक शक्ति बढाउने, रोग निवारणशक्ति उत्पन्न गर्ने र शारीरिक वृद्धि गर्ने कसरी ? यसका लागि शरीरमा प्रोटिनका आवश्यक हुन्छ ।

प्रोटिन खानेकुराकै माध्यामबाट प्राप्त हुन्छ । प्रोटिनमा नाइट्रोजनको मात्रा अधिक हुन्छ । नाइट्रोजन प्रतिदिन पिसाबको रुपमा बाहिर निस्कन्छ । त्यसैले यसको कमी पुरा गर्न प्रोटिन खानैपर्छ । बनस्पति तथा मासुजन्य खानेकुराबाट प्रोटिन पाइन्छ । मासु, अन्डा, दुध, घिउ, चना, मूंग आदिबाट प्रोटिन प्राप्त हुन्छ ।

बोसो

भोजनमा पोषक तत्वमा बोसोको महत्वपूर्ण स्थान छ । यसको प्रयोगले शरीरमा गर्मी र शक्ति उत्पन्न हुन्छ । छालालाई चम्किलो बनाइराख्छ । र, कार्बोहाइड्रेड पचाउनमा सहयोग गर्छ ।

यो बनस्पति र प्राणी दुबैबाट मिल्छ । बदाम, तेल, ओखर, सोयाबीन, नरिवल, काजु, दुध, घिउ, क्रिम, माछाको तेल आदिबाट बोसो तत्व पाइन्छ ।

खनिज लवण

शरीरमा क्याल्शियम, पोटाशियम, सोडियम, म्याग्नेशियम, फस्फोरस, फलाम, आयोडिन, क्लोरिन, सल्फर आदि अनेक क्षरिय पदार्थ पाइन्छ, जसले शरीरलाई निर्बलताबाट बचाउछ । पालक, तोरीको साग, मुलाको पात, दुध आदिबाट यी तत्व प्राप्त हुन्छ ।

क्याल्शियम तथा फस्फोरसले हड्डी र दाँतको निर्माण गर्ने, बलियो बनाउने काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment